Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

पूर्व सांसद तथा प्रख्यात साहित्यकार भीम दाहाल अब रहेनन्, मुख्यमन्त्री पी.एस गोलेले गरे शोक प्रकट

गान्तोक, ६ मार्च: सिक्किमका पूर्व सांसद तथा वरिष्ठ साहित्यकार भीम दाहाल अब रहेनन्!

जानकारी अनुसार, केही दिनदेखि सोचेग्याङस्थित न्यु एसटीएनएम अस्पतालमा उपचारधीन भीन दाहालको हिजो राति करिब १०:३० बजे निधन भएको हो।

सिक्किमका पूर्व सांसद भीम दाहाल पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टका वरिष्ठ नेता थिए। 
उनी एसडीएफकै टिकटमा सन् १९९६ देखि २००४ सम्म लोकसभा सांसद बनेका थिए। सांसदपछि उनी लोमो समय पार्टीका प्रवक्ता पनि बने।

पूर्व सांसद भीम दाहाल एकजना राजनीतिक नेता मात्र थिएनन्। उनी एकजना साहित्यकार पनि थिए। उनले सन् २००६ मा द्रोह उपन्यासको लागि साहित्य अकादमी पुरस्कार पनि पाएका थिए। कवि-आख्यानकार भीम दाहालका विद्रोह, अभिष्टको खोज (उपन्यास) कथा तरङ्ग (कथा संग्रह) रगतको हस्ताक्षरसमृद्ध व्यथा कङ्काल अभिव्यक्ति (कविता संग्रह) लगायत अन्य कृति पनि प्रकाशित भएका छन्।

Post a Comment

Previous Post Next Post