Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

युक्रेन माथि रसियाले गर्‍यो हमला


 
न्युज डेस्क, २४ फरवरी: रसियाले अन्ततः यूक्रेनसँग युद्धको सुरुवात गरेको छ। रुस राष्ट्रपति भ्लादिमिर पुटिनको यूक्रेन माथि सैन्य कार्वाहीको घोषणा पछि यूक्रेनको धेरै स्थानहरूमा विस्फोट सुनिएको राष्ट्रिय खबर माध्यमले बताएको छ। 

यूक्रेनको राजधानी कीवमा रसियाले क्रूज अनि र बेलिस्टिक मिसाइलले आक्रमण गरेको खबर माध्यमहरुले जानकारी दिएका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सन्देशमा यूक्रेन माथि सैन्य कार्वाहीको घोषणा गर्दै यूक्रेन मामिलामा अन्य राष्ट्रले दखल नदिने आफ्नो कुरा राखेका छन्। यदि दखल दिए त्यसको परिणाम राम्रो नहुने चेतावनी समेत दिएका छन्।

अर्कोतिर, भारत सरकारले भारतीय छात्रहरुलाई यूक्रेनबाट फर्काएर ल्याउँन शुरु गरेको विशेष विमान राजधानी कीवबाट फर्केर आएको छ। वर्तमानसम्म धेरै विद्यार्थीहरुलाई भारत फर्काएर ल्याइए तापनि कीवमा रसियाको आक्रमण भएपछि उक्त अभियानमा बाधा आएको बताइएको छ।

Post a Comment

Previous Post Next Post