Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

समुदाय पत्रकारिता क्षेत्रमा उज्ज्वल नक्षत्र युवा गोर्खा नेता नन्द किराती देवान

समुदाय पत्रकारिता क्षेत्रमा उज्ज्वल नक्षत्र युवा गोर्खा नेता नन्द किराती देवान

लेखक- बोगीराम गोर्खा भण्डारी, गहपुर, असम
गोर्खा समाजले हर क्षेत्रमा शिखर पुग्ने लक्ष यात्रामा कसर छोड्दैन। राष्ट्रीय सेवा, राजनीति, राष्ट्रीय सुरक्षा, साहित्य, कला- संस्कृति, एकेडेमीकस् , खेलकुद, पर्वतारोहण, फेशन,नृत्य गायन, सौन्दर्य आदि विभिन्न क्षेत्रमा शिखर चुम्नु सफल भएको गौरवशाली र प्रेरणा स्रोत प्रयाप्त भेटिन्छ। पत्रकारिता क्षेत्रमा पनि हाम्रो धेरै ध्रुव ताराहरू अस्ताए र  अहिले केही चम्की रहेको छन्, त्यस बीचमा नन्द किराती देवानको नाम हामीले लिनु नै पर्छ। उहाँ mojo (Mobile Journalism) र डिजिटल मिडियामा संकलन रहँदै समुदाय विकास पत्रकारिता गरी आएको सर्वविदित छ। Assam Times का वर्तमान सहयोगी सम्पादक देवानज्युको क्यारियर नै डिजिटल युगमा २००६ सन् बाट भएको हो। सन् 2009 मा Gorkha Times का Managing Editor, 2011 मा North East Harbinger ( NEH 24×7) को संस्थापक सम्पादक हुँदै पछिल्लो समयमा ABN TV को उत्तर पूर्वाञ्चलको रेसिडेन्ट एडिटर, जनप्रिय मासिक पत्रिका सपरिवारको कन्सल्टिङ एडिटरको रूपमा कार्य गरे। अहिलेपनि वहाँ आसाममा गोर्खाहरू द्वारा सन्चालित डिजिटल मीडियामा सम्पादकीय सल्लाहकारको रूपमा रही आएको थाहा पाइन्छ। राज्य, राष्ट्रीय र अन्तराष्ट्रीय मिलाएर उनी वर्त्तमान चारवोटा मिडिया सङ्ग अनुबन्धित रहेर काम गर्दैछन। 

हालै समुदायक विकास र डिजिटल mojo  पत्रकार नन्द किराती देवानलाई  अमेरिकन नेपाली प्रेस क्लब र राष्ट्रीय प्रेस क्लब, नेपालद्वारा गत १० डिसेम्बर २०२१ को दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरिएको एक भव्य कार्यक्रममा *'सामुदायिक विकास र विश्वव्यापी शान्ति पत्रकारिता अन्तर्राष्ट्रिय सातौं संस्करणको पुरस्कार २०२०प्रदान गरिएको छ।*  यसैक्रममा गत १०डिसेम्बर २०२१ को दिन नेपाल प्रेस क्लाव ले दलिन कन्फारेन्स हलमा आयोजित एक भव्य सम्मान अनुष्ठानमा आमन्त्रण जनाएको थियो। सो निम्तो स्वीकार्दै उपस्थित भएका युवा गोर्खा नेता तथा पत्रकार नन्द कुमार देवान लाई प्रशस्ति पत्र, गोल्ड मेडल, र दोसोलाले सङ्घिय सरकारको साधारण प्रसाशन र सङ्घिय मामलाका क्याबिनेट मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठज्यूको बहुली बाट ग्रहण गर्नु भयाे।* सो सम्मान सभामा विगत छ ओटा विजेता देशका पत्रकार र राजदुताबासका प्रतिनिधि पनि उपस्थित थिए। स्मरण रहोस २००० सनमा शुरू गरिएको यो अन्तराष्ट्रिय पत्रकार पुरस्कार प्रत्येक ३ वर्षमा एकचोटि दिइन्छ र विगत वर्षमा अमेरिका, क्यानाडा, फ्रान्स, जापान, नेदरल्याण्डका पत्रकारहरूले पाई सकेका रहेछन ।

गत् पन्द्रह वर्ष देखि निरन्तर पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पुर्याएर समुदायको संग्राम , संस्कृति, संवैधानिक हक अधिकार, सामाजिक योगदान, समाज व्यवस्था आदि सबै प्रकार  समाचार सामग्री राज्य तथा राष्ट्रिय मीडियामा निरन्तर प्रकाशमा ल्याएर समुदायको विकास डकुमेन्ट गर्दै सम्बन्धित इकाई सहित सरकारको ध्यान आकर्षण गराएर समुदाय सम्बन्धित केही मुद्दा फतेह गराएको लागि पुरस्कार प्रदान गरिएको पाइन्छ।

नन्द कुमार देवान(नन्द किराँती देवान) जनसञ्चार तथा पत्रकारिता (MCJ) स्नातक हुनुको साथै यस क्षेत्रमा उनको १६ वर्षको लामो अभिज्ञता रहेको पाइन्छ भने उनले आफ्नो पत्रकारिता करियर UB Photos - गुवाहाटीमा आधारित समाचार एजेन्सी २००६ मा फोटो पत्रकार तथा सामग्री सम्पादकको रूपमा संलग्न रहेको हुन। कम्युनिटी न्युज मिडिया असम टाइम्सको लागि रिपोर्टिङपनि थालेको रहेछन साथै राष्ट्रिय मिडियामा stinger को भूमिकामा समाचार प्रेरण गर्दै आएका हुन। अनलाइन समाचार साइटहरूको आगमनमा, उनले "द दार्जिलिङ टाइम्स, हिमालयन बीकन, कलिम्पोंग न्यूज, मेरी न्युज,  गोर्खा टाइम्स, सिक्किम टाइम्स्, स्नाउलाइन न्युज आदिको लागि नियमित रूपमा योगदान गर्दै आएको पाइन्छ। समय समयमा उनका समाचारहरू गोर्खा भाषाका दैनिक पत्रिका 'हिमालय दर्पण, हाम्रो प्रजाशक्ति र गुवाहाटी बाट प्रकाशित मासिक पत्रिका सपरिवार र अङ्ग्रेजी मासिक पत्रिका "इस्टर्न पानोरमा", " नर्थइष्ट टुडे" मा प्रकाशित पाइन्छन। ऊनको रिपोर्टिङ भारत, म्यानमार, भुटान, बंगलादेश नेपाल आदि देशको राष्ट्रिय दैनिकहरूमा पनि छापिएको थाहा लाग्छ।  दार्जिलिङबाट प्रकाशित उद्यान चाम्लिङ द्वारा सम्पादित अङ्ग्रेजी भाषाको मासिक पत्रिका Darjeeling Times का उत्तरपूर्व अञ्चलको 'ब्यूरो चीफ' को रूपमा वहाँको कभर स्टोरी 'Bloodbath in Bhimajuli - Gorkhas at Gunpoint' ले भारत भरीको गोर्खाको लाई एक सुत्रमा आतंकवादको खिलाफ उभिन्नु साहस दिएको थियो र सरकारलाई घाइतेको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति रहत राशि र सामूहिक आर्यश्रद्धा गर्नु बाध्य पार्नूमा महत्वपूर्ण भुमिका रहेको थियो। 

विगत समयमापनि सामुदायिक विकास पत्रकारितामा नन्द किराँती देवानको योगदानको कदर र  सम्मानित हुँदै आएको पाइन्छ।  गुवाहाटीबाट प्रकाशित हुने गोर्खा भाषाको मासिक पत्रिका 'सपरिवार' ले सन २००९ मा आयोजन गरेको विभिन्न क्षेत्रमा योगदान रहेका गोर्खाहरू बाट टप-१० गोर्खा चुन्ने वोटिंग व्यवस्थामा पत्रकारिता क्षेत्रबाट मनोनित भइ धेरै मतले चुनिएर टप-१० गोर्खाज अफ असम'मा परेका थिए। मात्रै २२ वर्षको उमेरमा यस्तो उपलब्धि हासिल गरेकोमा, उनलाई सन् २००९-१० मा गौहाटी प्रेस क्लबको मानार्थ सदस्यता दिइएको थियो। उनलाई पश्चिम बङ्गालको कालिम्पोङमा राष्ट्रिय उभरते पत्रकार सम्मान २००९ प्रदान गरिएको थियो र सन् २०१० मा गान्तोकमा सिक्किम प्रेस क्लबद्वारा पनि सम्मानित गरिएको थियो। यता कालिम्पोङ प्रेस क्लबले उनलाई उनीहरूको वार्षिक कार्यशालामा स्रोत व्यक्तिको रूपमा आमन्त्रित गरेको थियो र सामुदायिक पत्रकारितामा उनको योगदानको लागि मानार्थ सदस्यताले सम्मानित गरेको थियो। वहाँलाई mobile journalism association of India (MOJAI) को मानार्थ सदस्य सहित उत्कृष्ट डिजिटल पत्रकारिताको राष्ट्रिय सम्मान प्राप्त भएको छ। 'मोजाई' को आफ्नु अनुसन्धानमा नन्द किराती देवान गुवाहाटीमा रहेर पनि राष्ट्रिय मिडिया कर्मीको तलब कमाएर आसामको डिजिटल मिडिया कर्मी बीच सर्वाधिक पारितोषिक पाउने पत्रकार हुन।

पत्रकारिता करियरको शुरुवातदेखिनै उनले मुख्यतः सामुदायिक विकासका विषयहरू र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा केन्द्रित विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा योगदान दिए।उनले भारत, म्यानमार, बङ्लादेश , भुटान र नेपालका पत्र पत्रिकाका लागि पनि स्टिङरका रूपमा योगदान गरेका थिए।

जातीय संस्था संगठनमा रहेर समाजको हितमा सेवा दिदैँ आएका नन्द देवानले गोर्खा छात्र संगठनबाट बिदाई लिएपछिनै उनको जातिप्रतिको समर्पित भावना तथा सांगठनिक र पत्रकारिताको अभिज्ञतालाई ध्यानमा राख्तै भारतीय गोर्खा परिसङ्घ असम राज्य समितिको नेतृत्व र केन्द्रीय नेतृत्वहरूको चाहाना र आह्वान अनुसार अनि देहरादून राष्ट्रिय कार्यकारी सम्मेलनको प्रस्ताव अनुसार २५ अगष्ट २०१९( बलिदान दिवस)को दिन देखि रैथाने भारतीय गोर्खाहरूको राष्ट्रीय छाता संगठन "भारतीय गोर्खा परिसङ्घ" युवा जमातको दायित्व लिए। भारतीय गोर्खा परिसङ्घको युवा प्रकोष्ठको राष्ट्रीय संयोजक हुँदै भारतीय गोर्खा युवा परिसङको  प्रतिष्ठापक बनेर वर्तमान राष्ट्रिय अध्यक्षको दायित्व पनि निर्वाह गरिरहेका छन।

असमको गोलाघाट जिल्ला अन्तर्गत सीमान्त डिमापुर अञ्चल निबासी श्री गणेश कुमार देवान र श्रीमती चन्द्रमाँया सेरेङचोंङ्गबाङ  को दोस्रो सन्तानको रूपमा दिनाङ्क २९-०२-१९८८ मा जन्मिएका  नन्द किराती देवान, सन१९९६ कक्षा-५ मा पढदै देखि असमको गोर्खा छात्र संगठन आग्सुमा जडित भएर  सन २ अक्टूबर २०१० अमलीघाट अधिवेशनमा प्रचार सचिव चुनिएर सन २०१५को १३ जुलाई गोवालपाडा अधिवेशन सम्म केन्द्रीय समितिमा सेवा पुर्याएको  सुपरिचित छात्र नेता हुन। साथै उनि आग्सु गोलाघट समुह महाविद्यालय शाखाका प्रतिष्ठापक सभापति पनि हुन भने गुवाहाटी महानगरको सबै महाविद्यालयमा आग्सुको शाखा गठनमा वहाँको योगदान रहेको पाइन्छ। उनि आग्सु मालिगाउँ अधिवेशन बाट GACDC द्वारा शुरू गरिएको 'रैथाने गोर्खा संग्राम' मा होमिए पछि AAGSU केन्द्रीय समिति बाट विदाई लिनु पर्यो।

युवा विद्यार्थी तथा सांगठनिक छात्र नेता नन्द किराँती देवानले सन २००६ देखि क्रमश पत्रकारिता क्षेत्रमा पदार्पण गरेर सन 2022 मा Mobile Journalist Association of India (MOJAI) को राष्ट्रीय महासचिव साथै Gauhati Press Club अन्तर्गत डिजिटल मीडिया फोरम का Self Regulatory Guidelines Drafting Committee का विशेष आमन्त्रित कार्यकारी सदस्य अनि आसाम व्यापी डिजिटल मीडिया संस्था गठन हेतु  आह्वायक कमिटीका सदस्य पनि हुन्।

अन्तराष्ट्रिय पुरस्कार प्राप्त गर्दा उहाँका बुबा श्री गणेश कुमार देवनज्यूलाई पनि मुख्य अतिथि द्वारा आदर सम्मान प्रदान गर्यो। सो आयोजनमा उपस्थित भएर देवनज्यूलेपनि आयोजक बरिष्ठ जनमा असमको सम्मान व चिन्हारी "फुलम गाम्छा र जापीले सम्मान जनाउदैँ आफ्नो श्रद्धा ज्ञापन गरेको  देखियो। यसैक्रममा सान्दर्भिक विषयमा नेपालको विभिन्न ठाउँमा आयोजित कर्मशालाहरूमा आफ्नो कार्यपत्र प्रस्तुत गरेर सु-नाम व सम्मानको साथ गृहभूमि फर्कीएर  Community & Development Journalism in Digital Media Age माथी शोध गरेर पुस्तक प्रकाश गर्न हेतु शोध कार्यमा व्यस्त छन। हाम्रो तर्फबाट युवा नेता तथा पत्रकार नन्द देवानलाई  धेरै धेरै बधाईको तथा उत्तरोत्तर प्रगतिको शुभकामना छ। यहाँलाई हामी पत्रकारिता क्षेत्रको ध्रुव ताराको रूपमा देख्न पाउने आशीष सहित सहयोग समर्थन र सुझाव दिनु जरुरी ठान्दै यो लेख पाठक माझमा साझा गरियो।

असममा गोर्खाको रैथाने भारतीय नागरिकता हेतु एनआरसी र गोर्खा डी भोटर को समस्या लाई राष्ट्रिय तथा विदेशी मीडिया प्रकाशित गराएर सम्बन्धित कार्यालय, अधिकारी, विपक्ष र सरकारको ध्यान आकर्षण गराएर समस्याको समाधान सूत्र समेत साझा गरेर गोर्खा जातिको प्रवक्ताको रूपमा कर्तव्य निर्व। भागोपको केन्द्रीय नेतृत्व को दायित्व सहितै वरिष्ट समुदाय पत्रकार को रूप मा यहाँ को योगदानको को कदर हुनु पर्छ। त्यही समाधान सूत्र जस्तै वर्तमान सरकारले क्याबिनेटमा अनुमदन गराएर समस्याको समाधान हेतु कानुनी कदम चली रहेको छ। एकजना उदयमान अग्रिम्पन्थि पत्रकारको आफ्नु समुदाय प्रतिको अतुलनीय योगदानलाई एउटा लेखमा समेट्नु सम्भव नभएनि केही आभास दिएर हाम्रो नयाँ पुस्ताको पत्रकार लाई पक्कै पनि प्रेरणा हुनेछ।

Post a Comment

Previous Post Next Post