Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आगामी २६ अनि २७ मार्चमा अखिल असम गोर्खा छात्र संघ, विश्वनाथ जिल्ला समितिको अधिवेशन हुने

विश्वनाथ, ०३ जनवरी: आगामी २६ अनि २७ मार्चको दिन दुई दिवसीय कार्यसूचीले अखिल असम गोर्खा छात्र संघ, विश्वनाथ जिल्ला समितिको अधिवेशन आयोजन गर्ने निर्णय लिइएको छ।

जानकारी अनुसार, आइतबार अखिल असम गोर्खा छात्र संघ, विश्वनाथ जिल्ला समितिको अन्तर्गत बेगिजान आञ्चलिक समितिको कलङपुर हाइ स्कूल प्राङ्गणमा सम्पन्न भएको आग्सु आग्सु विश्वनाथ जिल्ला समितिको वर्धित कार्यकारिणी सभामा उक्त प्रस्ताव लिइएको छ।

उक्त सभामा श्रमिक नेता दलवीर सिंह लोहार जयन्तीको अवसरमा आगामी २६ जनवरीको दिन बेगिजान आञ्चलिक समितिको आतिथ्यमा रक्तदान शिविर आयोजन गर्ने पनि प्रस्ताव प्रहण गरिएको थाहा लागेको छ।

Post a Comment

Previous Post Next Post