Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

राजस्थानको जयपुर शहरमा नेपाली अन्तर्राष्ट्रिय टोपी दिवस सम्पन्न

राजस्थान, ०१ जनवरी: नेपाली अन्तर्राष्ट्रिय टोपी दिवस एवं अंग्रेजी नववर्ष २०२२ को शुभकामना व्यक्त गर्दै श्री पशुपतिनाथ वेलफेयर सेवा समितिद्वारा ,राजस्थानको जयपुरमा नेपाली टोपी दिवसको आयोजना गरिएको छ। राजस्थानमा बस्ने वरिष जनलाई ढाका टोपी लगाएर नेपाली अन्तर्राष्ट्रिय टोपी दिवस हर्षको साथ पालन गर्छ श्री पशुपतिनाथ वेलफयर सेवा समितिले। यो विषेश कार्यक्रम आयोजनामा संस्थाका प्रदेश अध्यक्ष विपिन सिंह ठकुरी जीद्वारा वरिष जन देवी सिंह र करण सिंह थापा, संस्थापक नवीन बहादुर अच्छामी, उपाध्यक्ष सेतु थापा, कोषाध्यक्ष सन्तोष गुरूङ  संगठन मंत्री विक्रम सिंह बस्नेत, जयपुर जिल्ला अध्यक्ष धन बहादुर घले, मिडिया सल्लाहकार विष्णु थापा मिलन थापा, बसन्त कुमार, प्रकाश थापा र महिला गणको साथ अन्य पदाधिकारीहरु पनि सहभागीको साथ टोपी दिवस सम्पन्न गरिन्छ।

उल्लेखनीय छ, उक्त सेवा समितिले विगत दिनहरुमा पनि विभिन्न कार्यक्रमहरुद्वारा संस्कृति संरक्षण र प्रचार प्रसारमा अग्रणी भुमिका निभाएको छ।

Post a Comment

Previous Post Next Post