लखिमपुर,२७ डिसेम्बर: गोर्खा लोक संस्कृतिका साधक कलाश्री विनोद खनाललाई 'मेजर दुर्गा मल्ल सम्मान'ले सम्मानित गरिएको छ।
जानकारी अनुसार, लखिमपुर जिल्ला अन्तर्गत चाउलधुवा घाटमा गोर्खा सांस्कृतिक संघ, असम ( 𝐆𝐎𝐑𝐊𝐇𝐀 𝐂𝐔𝐋𝐓𝐔𝐑𝐀𝐋 𝐀𝐒𝐒𝐎𝐂𝐈𝐀𝐓𝐈𝐎𝐍, 𝐀𝐒𝐒𝐀𝐌 ) को उद्योगमा आयोजित १९ औं सुवनशिरि गोर्खा महोत्सव- २०२१ (𝟏𝟗𝐭𝐡 𝐒𝐮𝐛𝐚𝐧𝐬𝐢𝐫𝐢 𝐆𝐨𝐫𝐤𝐡𝐚 𝐅𝐞𝐬𝐭𝐢𝐯𝐚𝐥-𝟐𝟎𝟐𝟏) मा कलाश्री विनोद खनाललाई मेजर दुर्गा मल्ल सम्मानले सम्मानित गर्यो गोर्खा सांस्कृतिक संघ, असमले।
उल्लेखनीय छ, यसभन्दा पहिले पनि कलाश्री विनोद खनाललाई प्रतिमा बरूवा पाण्डे पुरस्कारले सम्मानित गरिएको थियो।
Post a Comment