Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

गोर्खाल्याण्डको मागमा दिल्लीमा दोस्रो दिनको धरना; धरनामा आए भाजपा सांसद राजु बिष्ट

नयाँ दिल्ली, ०७ डिसेम्बर: आज फेरि राजधानी शहर दिल्लीमा गुञ्जियो 'वी वान्ट गोर्खाल्याण्ड' नारा।

जानकारी अनुसार, गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले छुट्टै राज्य गोर्खाल्याण्डको मागमा दिल्लीको जन्तर मन्तरमा धरना प्रदर्शन गरेको हो। संसद चलिरहेको बेला केन्द्र सरकारलाई गोर्खाल्याण्ड गठनका लागि चाप सृष्टि गर्न यस समूहले किशोर प्रधानको नेतृत्वमा धरना प्रदर्शन गरेको हो। दिल्ली तथा एनसीआरमा रहेका गोर्खाहरुले पनि धरनामा सहभागिता जनाएको थाहा लागेको छ।

यता, गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले छुट्टै राज्य गोर्खाल्याण्ड गठनका लागि धर्ना प्रदर्शन गरिरहेको समयमा जन्तर मन्तर धर्नास्थलमा दार्जिलिङका भाजपा सांसद राजु बिष्ट उपस्थित हुन्छन्।
उल्लेख छ, किशोर प्रधानको नेतृत्वमा गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले गोर्खाल्याण्ड राज्य गठनका लागि केन्द्र सरकारमाथि चाप सृष्टि गर्न राजधानी दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गरेको धरनाको आज दोस्रो तथा अन्तिम दिन हो। गत् ५ डिसेम्बरका दिन पनि गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले धर्ना प्रदर्शन गरेको थियो।

Post a Comment

Previous Post Next Post