न्युज डेस्क,०८ डिसेम्बर: एउटा अत्यन्त्यै दुखद समचार! तमिलनाडुको कुन्नुरमा आज भारतीय वायु सेनाको अत्याधुनिक एमआई-१७ भी ५ हेलिकप्टर दुर्घटनाग्रस्त हुन्छ। उक्त दुर्घटनामा भारतका प्रथम चीफ अव डिफेन्स स्टाफ (सीडीएस) जनरल बिपिन रावतसँगै उनकी पत्नी मधुलिका रावतसहित सेना अधिकारी कूल १३ को मृत्यु भएको थाहा लागेको छ।
जानकारी अनुसार, भारतीय सेनाका सीडीएस जनरल रावत सपत्नीक वेलिङ्टनमा आयोजित एक कार्यक्रममा सामेल हुन गएका थिए। वेलिङ्टनस्थित आर्म फोर्स कलेजमा आयोजित कार्यक्रममा सेना प्रमुख रावतको लेक्चर थियो। त्यहाँबाट फर्किने क्रममा हेलिकप्टरमा सवार भइरहेको बेला हेलिकप्टर दुर्घटनाग्रस्त हुन्छ।
यता, खराब मौसमको कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ।
भारतीय सेनाका सीडीएस जनरल बिपिन राउतसँगै उनकी पत्नी र अन्य सेना अधिकारीहरुको दुखद निधनमा समग्र भारतवर्षमा शोकको लहर छाएको छ।
Post a Comment