Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

कोलकातामा विनय तामाङ र रोहित शर्मा तृणमूल कङ्ग्रेसमा सामेल

दार्जिलिङ,२४ दिसम्बरः पश्चिम बङ्गालको राजधानी शहर कोलकातामा आज विनय तामाङ र खरसाङका पूर्व विधायक रोहित शर्मा तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्।

जीटीएका पूर्व अध्यक्ष समेत रहेका विनय तामाङ तृणमूल कङ्ग्रेसमा सामेल भएपछि आजदेखि उनको राजनीतिक जीवनको तेस्रो अध्याय शुरु भएको स्पष्ट भएको छ।

गोर्खा जनमुक्ति मोर्चा-२ बाट राजीनामा दिएपछि विनय तामाङले राजनीतिक जीवनको तेस्रो अध्याय शुरू गर्ने बताउँदै आएका थिए भने तेस्रो अध्यायकै ब्यानरमा उनले पहाड़का विभिन्न स्थानमा सभा पनि गर्दै आएका थिए।

यति मात्र होइन, उनले दार्जिलिङ पहाडमा नयाँ राजनीतिक दल गठन गर्ने सङ्केत पनि दिएका थिए। तर, उनले नयाँ पार्टी गठन गर्नुको सट्टा केहीदिन देखि मौन बसेका थिए भने यसैबिच आज विनय तामाङ तृणमूल कङ्ग्रेसमा सामेल भए।

अर्कोतिर, खरसाङका पूर्व विधायक रोहित शर्मा पनि आज विनय तामाङसँगै तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्।

Post a Comment

Previous Post Next Post