Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

लखिमपुर जिल्ला स्तरीय 𝐖𝐮𝐬𝐡𝐮 𝐂𝐡𝐚𝐦𝐩𝐢𝐨𝐧𝐬𝐡𝐢𝐩 मा चन्दन छेत्रीको सफलता; आग्सुले गर्‍यो अभिनन्दन

लखिमपुर,२२ डिसेम्बर: हालै लखिमपुर जिल्लाका प्रखर युवा खेलाडीहरुमाझ सम्पन्न भएको जिल्ला स्तरीय 𝐖𝐮𝐬𝐡𝐮 𝐂𝐡𝐚𝐦𝐩𝐢𝐨𝐧𝐬𝐡𝐢𝐩 𝐒𝐮𝐛 𝐉𝐮𝐧𝐢𝐨𝐫 𝐂𝐚𝐭𝐞𝐠𝐨𝐫𝐲 𝟒𝟓 𝐊𝐆 मा शिमलुगडी अञ्चलका गोर्खा युवा खेलाडी चन्दन छेत्रीले स्वर्ण पदक हत्याउन सफल भएका छन्।

प्रतिभाशाली युवा खेलाडी चन्दन छेत्रीको यस्तो सफलता पछि अखिल असम गोर्खा छात्र संघ लखिमपुर जिल्ला समितिले उनको निवासमा पुगेर अभिनन्दन ज्ञापन गरे।

अखिल असम गोर्खा छात्र संघ लखिमपुर जिल्ला समितिका सभापति दिपक नेवारको निर्देशनामा पुगेको टोलीले चन्दन छेत्रीलाई आगामी दिनहरुमा खेल क्षेत्रमा आइलाग्ने समस्याहरूमा जिल्ला समितिले पूर्ण सहयोग प्रदान गर्ने आश्वासन दिए। साथै खेल क्षेत्रको यात्रामा केही समस्या आइलागेको खण्डमा गोर्खा छात्र संघ लखिमपुर जिल्ला समितिसित सम्पर्क गर्न पनि परिवारलाई आव्हान गरे।

उक्त टोलीमा अखिल असम गोर्खा छात्र संघ लखिमपुर जिल्ला समितिको पक्षबाट सह सचिव युवराज कटुवाल, शिमलुगुडी राजगढ आञ्चलिक समितिका स्वयंसेवक प्रमुख गोपाल शर्मा र सक्रिय सदस्य सन्तोष राउत सामेल थिए।

Post a Comment

Previous Post Next Post