कोक्राझार, ०१ डिसेम्बर: मंगलबार बीटीआर क्षेत्रको कोक्राझारस्थित बोडोल्याण्ड विश्वविद्यालयमा नवागत स्वागत समारोह सम्पन्न हुन्छ। नवागत स्वागत समारोहमा २०२१-२२ वर्षको श्रेष्ठ नवागत (𝐌𝐫. 𝐅𝐫𝐞𝐬𝐡𝐞𝐫𝐬) बन्न सफल भए गोर्खा छात्र विजय सिंह लामा।
गोर्खा छात्र विजय सिंह लामा बीटीआर क्षेत्रको ओदालगुडी जिल्ला अन्तर्गत भारत-भुटान सीमान्त अञ्चल डिमाकुची शुक्लाई निवासी छात्र हुन्। उनले उषा नगरी तेजपुरको दरङ महाविद्यालयबाट सफलतापूर्वक स्नातक डिग्री हासिल गरेका थिए।
बोडोल्याण्ड विश्वविद्यालयको इतिहासमा पहिलो पटक गोर्खा विद्यार्थी श्रेष्ठ नवागत (𝐌𝐫. 𝐅𝐫𝐞𝐬𝐡𝐞𝐫𝐬) बन्न सक्षम भएकाले अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समितिले विजय सिंह लामालाई बधाई एवम् शुभकामना व्यक्त गरेको छ।
Post a Comment