Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

प्रख्यात साहित्यकार लील बहादुर छेत्री र धनुर्धारी तरुणदीप राई पद्मश्री पुरस्कारले सम्मानित

नयाँ दिल्ली, ८ नोभेम्बर: असमका प्रख्यात साहित्यकार लील बहादुर छेत्रीलाई भारत सरकारले प्रतिष्ठित नागरिक सम्मान 'पद्मश्री २०२०' ले सम्मानित गरेको छ। लील बहादुर छेत्रीको साहित्य र शिक्षा क्षेत्रमा रहेको उल्लेखनीय योगदानको लागि प्रतिष्ठित पद्मश्री पुरस्कारले सम्मानित गरिएको हो। उनलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज उक्त सम्मानले सम्मानित गरेका हुन्।

अर्कातिर, सिक्किमका प्रख्यात धनुर्धारी तरूनदीप राई पनि प्रतिष्ठित नागरिक सम्मान 'पद्मश्री २०२०' ले सम्मानित भएका छन्। उनलाई राष्टपति रामनाथ कोविन्दले प्रतिष्ठित पद्मश्री पुरस्कारले सम्मानित गरेका हुन्। तरूनदीप राई भारतीय सेनामा पनि कार्यरत छन्। धनु चलाउन निपुण राई ५/८ गोर्खा रेजिमेन्टमा सुबेदार पदमा छन्।

स्मरण रहोस् तरूनदीप राईलाई सन् २००५ मा 'अर्जुन पुरस्कार'ले पनि सम्मानित गरिएको थियो।

यसैबिच दार्जिलिङका सांसद राजु बिष्टले पद्मश्री पुरस्कारले सम्मानित भएकोमा तरूनदीप राईलाई बधाई दिएका छन्।

यता, उत्तर प्रदेशका शुटार खेलाडी जीतु राईलाई पनि 'पद्मश्री २०२०' पुरस्कारले सम्मानित गरिएको छ।

Post a Comment

Previous Post Next Post