Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

अखिल असम गोर्खा छात्र संघ ओदालगुडी जिल्ला समितिको ४१ औं द्वि-वार्षिक अधिवेशनको मिति घोषणा

ओदालगुडी, ०९ नोभेम्बर: अखिल असम गोर्खा छात्र संघ उदालगुडी जिल्ला समितिको ४१औं द्वि-वार्षिक अधिवेशन आगामी सन् २०२२ को ०८ र ०९ जनवरीको दिन भारत भुटान सीमान्त क्षेत्रको बामुनजुलीमा सम्पन्न हुने निर्णय भएको छ।

जानकारी अनुसार, गत् ०७ नोभेम्बरको दिन बामुनजुलीको सामराङ्गमा सम्पन्न भएको एक साधारण सभामा अधिवेशन गर्ने मिति र स्थान बारे विस्तृत रुपमा छलफल हुन्छ। अखिल असम गोर्खा छात्र संघ ओदालगुडी जिल्ला समितिका सभापति सोमराज सोनारको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा अधिवेशन सुचारु रूपले सञ्चालन गर्नको निम्ति डिक बाहादुर छेत्रीलाई सभापति, बिमल छेत्रीलाई कार्यकरी सभापति अनि गोपाल ढकाललाई मूल सचिवको रूपमा लिएर शसक्त स्वागतकारिणी समिति पनि गठन गरिएको छ।

उल्लेखनीय छ, गत् केही दिन अघि अखिल असम गोर्खा छात्र संघ ओदालगुडी जिल्ला समितिको अधिवेशनको मिति १८ र १९ डिसेम्बर तोकिएको थियो भने उच्चत्तर माध्यमिक पहिलो वर्ष र स्नातक स्तरको परीक्षालाई मध्य नजर राख्दै अधिवेशन पर सारिएको हो।

अखिल असम गोर्खा छात्र संघ उदालगुडी जिल्ला समितिको ४१औं द्वि-वार्षिक अधिवेशन सफल तुल्याउनको निम्ति उदालगुडीवासी विभिन्न गोर्खा जातीय संगठन लगायत समस्त गोर्खा जनतालाई तन-मन-धनले सहयोग पुर्‍याउन आह्वान गरेका छन् अखिल असम गोर्खा छात्र संघ ओदालगुडी जिल्ला समितिले।

Post a Comment

Previous Post Next Post