Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

अखिल भारतीय नेवार संगठन शोणितपुर र विश्वनाथ जिल्ला समितिको सपथ ग्रहण

सोतिया,०४ अक्टोबर: आइतबार शोणितपुर जिल्ला अन्तर्गत २ नं बाटामारी नामघर प्राङ्गणमा अखिल भारतीय नेवार संगठन, शोणितपुर जिल्ला समिति र विश्वनाथ जिल्ला समितिको शपथ ग्रहण समारोह सम्पन्न हुन्छ।

जानकारी अनुसार, अखिल भारतीय नेवार संगठन नवगठित विश्वनाथ जिल्ला समितिको  सभापतिको रूपमा मान बाहादुर प्रधान र मूल सचिवको रूपमा मोहन प्रधानले शपथ लिएका छन् भने नवगठित शोणितपुर जिल्ला समितिको सभापतिको रूपमा दिलीप प्रधान र मूल सचिवको रूपमा नीलकमल प्रधानले शपथ ग्रहण गरेका छन्।

उक्त सभामा अखिल भारतीय नेवार संगठन राज्यिक समितिका मूल सचिव खेम प्रधान, उप सभापति देवीलाल प्रधान, अविभक्त शोणितपुर जिल्ला समितिका पूर्व मूल सचिव राम कुमार प्रधान र उत्तर जामुगुड़ी आञ्चलिक समितिका कार्यकर्ताहरुको साथै धेरैजना विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Post a Comment

Previous Post Next Post