सोतिया,०३ अक्टोबर: आइतबार विश्वनाथ जिल्ला अन्तर्गत बिहालीस्थित वीर लाचित उच्चतर माध्यमिक विद्यालय प्राङ्गणमा अखिल असम गोर्खा छात्र संघ विश्वनाथ जिल्ला समितिको वर्धित कार्यकारिणी सभा सम्पन्न हुन्छ।
जानकारी अनुसार, गोर्खा छात्र संघ विश्वनाथ जिल्ला समितिका भारप्राप्त सभापति सुनिल सुतारको अध्यक्ष्यतामा सम्पन्न भएको सभामा गोर्खा छात्र संघका केन्द्रीय उप-सभापति दिलिप गजुरेलको उपस्थिति रहेको थियो।
उक्त सभामा धेरै मुद्दाहरू माथि चर्चा भएको थियो भने निष्कर्षमा जिल्ला समितिले निम्नलिखित महत्वपूर्ण प्रस्तावहरू ग्रहण गरेको छ। प्रस्तावहरू -
१) विश्वनाथ जिल्ला अन्तर्गत आञ्चलिक समितिहरु एक महिना भित्र नवीकरण गर्ने।
२) डी-भोटारको सूची शाखा समिति मार्फत आञ्चलिक समितिले आगामी एक सप्ताहभित्र जिल्ला समितिलाई प्रेरण गर्ने।
३) छैठो संयोजन र FRC को समस्याबारे केन्द्रीय समितिलाई लिखित रूपमा अघि बढाउने।
४) विश्वनाथ जिल्ला समितिको तेस्रो द्वि-वार्षिक अधिवेशन आगामी २०२२ फेब्रुवारी महिना भित्र आयोजन गर्ने।
५) एनआरसीको बाय'मेट्रिक समस्या बारे प्रत्येक आञ्चलिक समितिले एक महिनाभित्र उपायुक्त समक्ष स्मारक पत्र अघिबढाउने निर्देश।
Post a Comment