Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

--Nepali Certificate Course---प्रारम्भ भयो

---Nepali Certificate Course---प्रारम्भ भयो-
इतिहासमा पहिलोपल्ट उत्तर भारतमा उत्तराखण्ड मुक्त विश्वविद्यालयले यसपालि सेप्टेम्बर 2021 देखि  6 महिने नेपाली सर्टिफिकेट कोर्स प्रारम्भ गरेको छ। यो कोर्स केवल विद्यार्थीका लागि मात्र होइन धेरैले एक दुईपल्ट भाषा सिक्न, पढ्न र भाषाको विकासका लागि एडमिसन लिनु पर्ने हो, तब विश्वविद्यालयलाई पनि आग्रह देखेर खुसी लाग्छ। एडमिसन लिँदा पढ्ने सामग्री घरमै आउँछ। 6 महिनापछि केवल परीक्षा देहरादुनको कुनै कलेजमा हुन्छ। बाहिरकालाई देहरादुन डुल्न जाने मेलो पनि हुन्छ। देहरादुनकालाई बाहिरसित सम्पर्क गर्न पनि हुन्छ। यो कोर्सको एडमिसन अनलाइनमा हुन्छ र यसको एडमिसन शुल्क रु-4800 ( चार हजार आठ सय) पर्छ।  यो कोर्स सकिने साथ लगत्तै अर्को 6 महिनाको कोर्स चल्छ, त्यो पनि पढिसक्दा 32 क्रेडिटको Nepali Diploma Course को प्रणाणपत्र पाइन्छ। 
लिङ्क-https://www.uou.ac.in/progdetail?pid=CNL-21  and  https://www.uou.ac.in/announcement/2021/08/1782

Post a Comment

Previous Post Next Post