Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

अखिल असम गोर्खा छात्र संघ नवगठित रौता आञ्चलिक समितिको सपथ ग्रहण समारोह सम्पन्न

ओदालगुडी, ११ सेप्टेम्बर: अखिल असम गोर्खा छात्र संघ नवगठित रौता आञ्चलिक समितिको आज सपथ ग्रहण एवम् कार्यभार अर्पण समारोह सम्पन्न हुन्छ। 

जानकारी अनुसार, रौता चारालिस्थित गोर्खा भवनको प्रेक्षागृहमा सम्पन्न भएको सपथ ग्रहण समारोहमा गोर्खा छात्र संघ ओदालगुडी जिल्ला समितिका उप सभापति बिमल धिताल र प्रचार सचिव ब्रह्मा उपाध्यायले सपथ वाक्य पाठ गराएका थिए भने नवगठित रौता आञ्चलिक समितिका सभापति महेन्द्र भेटवाल र मूल सचिव बुद्धिमान छेत्री लगायत ३७ जनाले गठित नयाँ समितिले सपथ लिएकाे छ। सपथ ग्रहण पछि पूर्व सभापति प्रणवज्योति शर्माले नयाँ समितिलाई कार्यभार सुम्पिन्छन्। 

उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ ओदालगुडी जिल्ला समितिका उप सभापति बिमल धिताल, मूल सचिव सञ्जीव खतिवडा, प्रचार सचिव ब्रह्मा उपाध्याय, असम गोर्खा सम्मेलनका केन्द्रीय सचिव लक्ष्मी सेढाईं लगायत धेरैजना गण्यमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।

Post a Comment

Previous Post Next Post