Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

युवा कविहरुलाई प्रोत्साहित गर्ने कवयित्री पूजा उपाध्यायको कविता संग्रह 'असमर्थ सहर'

असमको नेपाली लेखन क्षेत्रलाई धनी पार्न युवाहरूमा कविता लेखनको नयाँ क्रान्ति  चर्केको छ । साहित्य र आफ्नो मातृभाषालाई मन पराउने निक्कै युवा कलमकारहरू हाल चर्चामा आएका छन् भने त्यस्तै एक नाम‌ हो पुजा उपाध्याय। लखिमपुर दीर्घा माजगाउँ निवासी पूजाले एउटा नयाँ कविता सङ्ग्रह प्रकाशन गरेको छन् ‌। पूर्वायण प्रकाशनद्वारा प्रकाशित 'असमर्थ सहर' नामक  कविता पुस्तक हालै लोकार्पण पनि भइसकेको छ।  'असमर्थ सहर' पूजाको पहिलो कृति हो।

असमर्थ सहर कविता सङ्कलनमा कुल ४०वटा कविता छन्। गत १८-०८-२०२१को दिन उक्त कविता सङ्कलन लखिमपूरको बोगीनदीस्थित गोर्खा भवनमा विमोचन भएको हो। विशिष्ट समालोचक तथा असम नेपाली साहित्य सभाका महासचिव तथा यस पुस्तका विमोचक रुद्र बराल भन्छन् "सामाजिक विसङ्गति, नारी समस्या, कुसंस्कार, जातीय अस्मिता, बाढी, बेरोजगारी आदि विविध विषयलाई कलात्मक ढङ्गले सजाएर पूजाले चालिसवटा कविताको सँगालो पाठकसमक्ष प्रस्तुत गरेकी छ्न्। असमका युवा पिँढीका कविले लेखेको यो एक उत्कृष्ट कविता कृति हो। यस कृतिले असमेली नेपाली साहित्यको गरिमा बढाएको छ र कवितामा नयाँ धारा भित्र्याएको छ।" 

विभिन्न पत्रिकाहरूको सम्पादन गरिरहने पूजा उपाध्यायको कविता सङ्कलनले हाल पाठकबिच चर्चा बटुल्न सक्षम भएको छ। 

वर्तमान समयले रुचाएको कविताहरू समेटी सङ्कलन गरिएको असमर्थ सहर नामक किताब तपाई पनि पढन चाहनु हुन्छ भने 7002384751 नम्बर मा सम्पर्क गर्न सक्नु हुन्छ । पुस्तकको मूल्य 160/= रुपियाँ तोकिएको छ।

Post a Comment

Previous Post Next Post