Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

शिलापथारका छात्रकर्मी प्रयात भरत छेत्रीको निवासमा पुगे अर्जुन छेत्री; अर्पण गरे श्रद्धाञ्जली।

शिलापथार, ०५ सितम्बर: धेमाजी जिल्ला अन्तर्गत शिलापथार निवासी अखिल असम गोर्खा छात्र संघ शिलापथार आञ्चलिक समितिका उप-सभापति प्रयात भरत छेत्रीको निवासमा आज अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिको एउटा टोली उपस्थित हुन्छ। जानकारी अनुसार, केन्द्रीय समितिका सभापति अर्जुन छेत्रीको नेतृत्वमा  उपस्थित भएको उक्त टोलीमा केन्द्रीय समितिका कार्यालय सचिव विकाश शर्मा र केन्द्रीय समितिका जेष्ठ सदस्य भरत छेेेत्री र मोहन विश्वकर्मा सामेल थिए भने प्रयात भरत छेत्रीको निवासमा अखिल असम गोर्खा छात्र संघ धेमाजी र लखीमपुर जिल्ला समिति पनि उपस्थित रहेको थियो।

उक्त टोलीले प्रयात भरत छेत्रीको निवासमा उपस्थित भएर शोकाकुल परिवारवर्गमा समवेदना प्रकट गर्दै प्रयात भरत छेत्रीको प्रतिच्छविमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

स्मरण रहोस्, गत् बिहीबार राति मोटरसाइकलमा शिलापथार नगरतर्फ आउने क्रममा डिमौ गोलाईमा एक भयावह सडक दुर्घट्नामा परी छात्र कर्मी भरत छेत्रीले अकालमै ज्यान गुमाएका थिए।

Post a Comment

Previous Post Next Post