विश्वनाथ,०६ सितम्बर: ६० औं शिक्षक दिवसको अवसरमा आइतबार साहित्यकार निलीमा आचार्यको 'रजत' नामक उपन्यास विमोचन गरिएको छ। जानकारी अनुसार, विश्वनाथ जिल्लाको काउडीपथारस्थित डिजिटेक इन्स्टिच्युट प्रेक्षगृहमा त्यागवीर हेम बरूवा महाविद्यालयका प्रवक्ता डा. सञ्जीव उपाध्यायको सभापतित्वमा सम्पन्न भएको विमोचन कार्यक्रममा अनेसास विश्वनाथ जिल्ला समितिका मुखपत्र सचिव कृष्णनील कार्कीले स्वागत सम्बोधन गरेका थिए भने विश्वनाथ महाविद्यालयका नेपाली विभाग प्रमुख तथा अनेसास विश्वनाथ जिल्ला समितिका कार्यकरी सभापति हेम कुमार गौतमको बाहुलीबाट 'रजत' उपन्यासको विमोचन गरिएको छ।
कार्यक्रममा प्रेम विश्वकर्मा र दीपाञ्जली गौतमले सुन्दर नेपाली गीत प्रस्तुत गरेर कार्यक्रमलाई अझ रोचक बनाएका थिए भने उदीयमान कवि तथा मुक्तककार अनुप शर्माले असमीया कविता वाचन गरेका थिए।
कार्यक्रममा अनेसासका केन्द्रीय सदस्य प्रेम विश्वकर्मा, अनेसास विश्वनाथ जिल्ला समितिका मूल सचिव हेमन्त भट्टराई, मुखपत्र सचिव कृष्णनील कार्की, व्यंग्यकार अर्जुन निरौला, कवि लक्ष्मण प्रधान, मुक्तककार अनुप शर्मा, हाम्रो आँगन सञ्चालिका विनीता उपाध्याय गजुरेल, कमलनयन संस्कृति गोष्ठीका सांस्कृतिक सचिव हृतिक शर्मा, काउडीपथार भेकका विशिष्ट शिक्षक ऋषिराम शर्मा, सञ्जीव उपाध्याय, नगेन सईकीया र पत्रकार देवब्रत भुयाँको उपस्थिति रहेको थियो।
यता, यथार्थवादी उपन्यास 'रजत'ले निश्चय पाठकहरूको मन जित्न सफल हुन्छ भन्ने आशा व्यक्त गर्दै उपन्यासकार निलीमा आचार्यलाई अखिल असम गोर्खा छात्र संघ, केन्द्रीय समितिका उप सभापति दिलीप गजुरेलको साथै धेरैजनाले बधाई एवम् शुभकामना दिएका छन्।
Post a Comment