गोरूबथान, ०४ सितम्बर: गोरूबथानको माइपाते 'थापसङ गैर-सरकारी संस्था'द्वारा आज निःशुल्क नेत्र जाँच शिविर आयोजन गरिएको छ। अल-आमिन सेवा समिति सिलगुडी शाखाको सहयोगमा सम्पन्न भएको नेत्र जाँच शिविरमा संस्थाद्वारा डाक्टरहरुको प्रबन्ध गरिएको थियो। उक्त शिविरमा कूल ३० जना आँखा रोगीले आँखाको जाँच गराएका छन्; जस्मा १३ जना पुरुष अनि १७ जना महिला सामेल रहेका छन्। यता आँखाका रोगीहरुको लागि ५० प्रतिशत छुटको व्यवस्था सहित चस्मा बनाउने अर्डर गरिएको पनि थाहा लागेको छ।
आँखा जाँच शिविरमा 'थापसङ गैर सरकारी संस्था'को पक्षबाट अध्यक्ष बिकाश चाम्लिङ राई, उपाध्यक्ष हेमन्त राई, सह सचिव सुशन गुरुङ, कोषाध्यक्ष मणि कुमार सुब्बा, सपन राई अनि रञ्जना राईको उपस्थिति रहेको थियो।
Post a Comment