बाक्सा,०२ सितम्बर: बाक्सा जिल्ला अन्तर्गत पूर्व डेफेली अञ्चलको उपरखुटिस्थित भोलाझार हाइस्कूल, उपरखुटिमा बिहीबार बाक्सा जिल्लाको बङ्गालीपाड़ा निवासी नवोदित गजलकार प्रकाश कुइँकेलको पहिलो कृति 'हुङ्कार' नामक गजल संग्रह लोकार्पण भएको छ। जानकारी अनुसार, भोलाझार हाइस्कूल, उपरखुटिका सहयोगी शिक्षक तिलक ओलीद्वारा सञ्चालित पुस्तक लोकार्पण कार्यक्रममा विश्वनाथ जिल्ला अन्तर्गत बरजारनी ग्राम निवासी विशिष्ट कवि मिलन बोहोराको बाहुलीबाट प्रकाश कुइँकेलको 'हुङ्कार' नामक गजल संग्रह बिमोचन भएको छ।
कार्यक्रममा स्थानीय विशिष्ट कवि पूर्ण खडका, स्थानीय कवि, गीतकार तथा गायक अर्जुन उप्रेती, असम गोर्खा सम्मेलन बाक्सा जिल्ला समितिका पूर्व मूल सचिव तथा पत्रकार कृष्णराज संग्रौला, अखिल असम गोर्खा छात्र संघ पूर्व डेफेली आञ्चलिक समितिका मूल सचिव तथा पत्रकार विप्लव चिमरीया, असम नेपाली साहित्य सभा भोलाझार शाखा समितिका सभापति शिव सापकोटा, मूल सचिव डा. दिपक बजगाईं, भोलाझार हाइस्कूल, उपरखुटिका प्रधान शिक्षक दुर्गा बजगाईं लगायत पूर्व डेफेली अञ्चलका धेरैजना गण्यमान्य व्यक्ति र साहित्यानुरागी युवक-युवतीहरुको उपस्थित रहेको थियो।
उल्लेखनीय छ, साहित्य प्रति आफ्नो एकाग्रता र साधनाको बलमा सानो उमेरमा नै गजल संग्रह प्रकाशन गरेर नेपाली साहित्यकाशका उदीयमान कवि-साहित्यिकहरुका लागि प्रेरणा मात्रै नभएर उदाहरण पनि बन्न सक्षम भएका सहज-सरल व्यक्तित्वका धनी प्रकाश कुइँकेलको यस्तो रचनात्मक कार्यलाई सबैले प्रशंसा गरेका छन्।
Post a Comment