Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

तिनसुकीयाको टिराप-जागुनमा उपस्थित गोर्खा छात्र संघका मूल सचिव नुमल छेत्री; स्थानीय जनतासित वार्तालाप

तिनसुकीया, ०२ सितम्बर: तिनसुकीया जिल्लाको एरेसा विष्णुपुर १० माइलमा आज अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिका मूल सचिव नुमल छेत्री उपस्थित हुन्छन्। जानकारी अनुसार, गोर्खा छात्र संघ टिराप-जागुन आञ्चलिक समितिको अगुवाईमा एरेसा विष्णुपुर १० माइलमा सम्पन्न भएको एक सभामा केन्द्रीय मूल सचिव नुमल छेत्रीले स्थानीय गोर्खा जनतासित वार्तालाप गरेका छन्। उनले विभिन्न जातीय समस्या सन्दर्भमा स्थानीय जनताहरुसित सल्लाह-परामर्श लिएको थाहा लागेको छ भने मूल सचिव छेत्रीले गोर्खा जातिको हरेक समस्यामाथि आग्सुले आवाज उठाइरहेको बताउँदै गोर्खा जनताहरुलाई आग्सुमाथि भरोसा राख्न आव्हान गरेका छन्।

सभामा अखिल असम गोर्खा छात्र संघका पूर्व सांस्कृतिक सचिव कुसुम लामा, तिनसुकीया जिल्ला समितिका सभापति जीतु कुमार सुन्दास र टिराप-जागुन आञ्चलिक समिति सभापति लगायत अन्य कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Post a Comment

Previous Post Next Post