उदालगुरी: आज उदालगुडी जिला अन्तर्गत रौताको भानुचौक स्थित रंगमञ्च प्राङ्गणमा अखिल असम गोर्खा छात्र संघ, भानुचौक शाखा समिति र युवा सांस्कृतिक मञ्चको सयुक्त उद्योगमा असम मिजोरम सिमान्तमा शहीद भएका पुलिस कर्मी र माजबाटको हाविगाउ निवासी संगीतकार, साहित्यिक, गायक, नाट्यकार एवं अवकाशप्राप्त शिक्षक इन्द्रकान्त कार्की ज्युको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अनुष्ठान राखिन्छ। स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै अवकाशप्राप्त शिक्षक बूधिन्द्र गौतम ज्युले द्वीप प्रज्वलन गर्नुहुन्छ र एक मिनेट समय मौन प्रार्थना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन्छ। अनुष्ठानमा अवकाशप्राप्त शिक्षक नर प्रसाद आचार्य, शिक्षक पद्म ओली, हीरा मोहन शर्मा र श्रीप्रसाद शर्मा, समाजकर्मी हरि ओली, दिनेश गौतम, उदालगुडी जिला आग्सुका मुल सचिव सञ्जीव खतिवडा, रौता आञ्चलिक आग्सुका सांगठनिक सचिव मोहन छेत्री, सांस्कृतिक सचिव तपन आचार्य, साहित्य सचिव विक्रान्त कौशिक, युवा सांस्कृतिक मञ्चका सम्पादक चन्द्र आचार्य, भानुचौक शाखा आग्सुका सभापति भार्गव शर्मा, मूल सचिव सुरज ओली लगाएत थुप्रै जनमानसको उपस्थिति रहेको थियो।
Post a Comment