ओदालगुडी,०२ अगस्त: असमका गोर्खा जनता र नेताहरु सामाजिक सञ्जालमा जति व्यस्त हुन्छन् त्यति धरातलमा हुदैनन् भनी बताए असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले। ओदालगुडी जिल्ला अन्तर्गत ऐतिहासिक बरङाजुली खत्रमा उपस्थित भएका मुख्यमन्त्री डा. शर्मासँग अखिल असम गोर्खा छात्र संघ, डिमाकुची आञ्चलिक समितिले भेटवार्ता गर्दा यस्तो बताएका हुन्।
ऐतिहासिक बरङाजुली खत्रमा उपस्थित भएका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मालाई सोमबार गोर्खा छात्र संघसँग व्यतिक्रम रूपमा चर्चा गरेको देखिएको थियो। मुख्यमन्त्रीसँग भएको भेटवार्तामा अखिल असम गोर्खा छात्र संघ डिमाकुची आञ्चलिक समितिले भेट गरी गोर्खाहरुको विभिन्न समस्याहरु अवगत गराएका छन्। जानकारी अनुसार, गोर्खा छात्र संघ डिमाकुची आञ्चलिक समितिले मुख्यमन्त्रीसँगको भेटवार्तामा बीटीआर बाहेक पनि अन्य ट्राइबेल बेल्ट एण्ड ब्लकहरुमा बसोबास गर्दै आएका गोर्खाहरुलाई पनि सुरक्षित श्रेणीको दर्जा प्रदान गर्न आव्हान गरेका छन् भने विशेषगरी बीटीआर क्षेत्रका गोर्खाहरुले अन्य सुरक्षित श्रेणीसरह समान अधिकार आउनु पर्छ भनी दावी गरेका छन्। गोर्खाहरुबाट एनआरसी अद्यतन प्रक्रियाको समयमा लिइएको बाय'मेट्रिकको कारण कतिपय गोर्खा जनताले आधार कार्ड आवेदन गर्दा भोग्नु परिरहेको समस्या बारे पनि मुख्यमन्त्रीलाई अवगत गराए डिमाकुची आञ्चलिक समितिले। मुख्यमन्त्रीसँग भएको भेटवार्तामा असम विधानसभाका सभामुख विश्वजीत दैमारी पनि उपस्थित थिए।
Post a Comment