कार्बी आङलङ,१जुलाई: आज आग्सु, अनेसास र अगोस कार्बी आङलङ जिल्ला समितिको एक टोलीले पश्चिम कार्बी आङलङ जिल्ला उपायुक्त माननीय उत्पला शईकिया महोदया संग जातीय मुद्दाहरू लिएर भेटघाट गरेका छन्।
आग्सु कार्बी आङलङ जिल्ला समितिका मूल सचिव दीपक दाहाल, सांगठनिक सचिव अमित अधिकारी तथा आमरेङ कपिली आञ्चलिक समितिका सह सचिव बिश्व बोहोरा, अनेसास जिल्ला समितिका मूल सचिव गणेश छेत्री तथा अगोस जिल्ला समितिका सभापति कृष्ण शर्माको एक टोलीले विभिन्न जातीय समस्याहरूको जानकारी गराउँदै स्थायी समाधानका निमित्त मांग गरेका छन्।
आग्सु कार्बी आङलङ जिल्ला समितिले एक ज्ञापन पत्र अर्पण गर्दै पश्चिम कार्बी आङलङमा वर्षौँ देखि बसोबास गरि आएका गोर्खा महाजातिले भोगिरहेका विभिन्न समस्या बारे जानकारी गराएका छन्।
विशेष गरी असम-मेघालय सीमान्त क्षेत्रको उम्रु-२, हावाङ, जिरिकिन्डिङ, दयाङ्ग आदि क्षेत्रमा बसोवास गर्ने गोर्खाहरूले भोगेको सीमा विवाद समस्या, दयनीय बाटोको समस्या, टेलिकम्युनिकेशनको समस्या, चिकित्सालयको अभाव, पुलिस थानाको अभाव इत्यादिको अवगत गराउदै तुरुन्तै समाधान निकाल्न हुन् अनुरोध गरेका छन्।
साथै गोर्खा विद्यार्थीहरू Cast Certificate, Gorkha Domicile, Educational PRC आदि बनाउदा भएको विलम्ब र समस्याको ज्ञात गराउदै समाधानको माग पनि गरेका छन्।
NRC उन्नितकरण प्रक्रियामा लिइएको Biometric ले गर्दा धेरै मानिसको आधार कार्ड नबनेको पनि ज्ञात गराउदै समाधानको माग गरेका छन्।
कोविड-१९ ले गर्दा धेरै युवा बेरोजगार भएको र भविष्यलाई लिएर चिन्तित रहेको पनि ज्ञात गराउदै उपयुक्त महोदयाको नेतृत्वमा motivational workshop, skill bases workshop, developmental projects हरू लिन उपायुक्तलाई अनुरोध गरेका छन्।
साथै असम सरकारद्वारा हुन गइरहेको जनजातीय लोक पियलमा पश्चिम कार्बी आङलङ निवासी कुनै पनि गोर्खा नछुटुन् भन्ने आह्वान गर्दै उपायुक्त मौका दिएको खण्डमा हरेक पाइलामा मदत गर्न आग्सु कार्बी आङलङ जिल्ला समिति प्रस्तुत छ भनेर वाचा प्रदान गरेका छन्।
यता जिल्ला उपायुक्तलर गोर्खाहरुको उन्नयनका निमित्त हरेक बिषयमा भरपुर सहयोग गर्ने आश्वासन प्रदान गरेकी छिन्।
Post a Comment