Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

डुवर्सको नगरकट्टामा डाइना नदीको भू-कटाउले मानचित्रबाट हराउने क्रममा लाल झमेला बस्ती


डुवर्स,०१ जुलाई: डुवर्सको नगरकट्टा विधानसभा क्षेत्रको लुकसान ग्राम पञ्चायत अन्तर्गत लाल झमेला बस्तीमा भूटानको सीमाबाट बग्दै आएको डाइना नदीको भू-कटाउ जारी छ। गोर्खा र आदिवासी मानिसहरु बसोबास गर्दै आएका लाल झमेला बस्ती प्रत्येक वर्ष डाइना नदीको भू-कटाउको चपेटामा परी आएको छ भने स्थानीय जनताहरूले त्यहाँको सरकारी विभागहरूलाई बारम्बार जानकारी गराए पछि पनि विभागीय पक्षले कान ठाडो नपारेको स्थानीय जनताको भनाई छ। 

प्रत्येक बर्षको बाढीले भू-कटाउको सृष्टि गरेकाले खेतीको जमिन बगरमा परिणत हुँदा स्थानीय मानिसहरूमा त्रासको सृजना भएको छ भने नदीको छेउछाउमा बसोबास गर्ने जनताहरु अधिक चिन्तित बनेका छन्।

सरकारी पक्षले यस्तो गम्भीर विषयमा पनि ध्यान नदिएकाले गाउँवासी उग्र अनि दुःखित भएको पनि देखिएको छ। स्थानीय युवक सन्तोष शर्माको भनाई अनुसार, विभागीय पक्षलाई बारम्बार टेलिफोन मार्फत भू-कटाउ बारे जानकारी गराउँदा पनि विभागीय पक्षका कुनै अधिकारी जनताको खबर लिन समेत नआएकोमा विभागको दायित्व माथि पनि प्रश्न चिन्ह खडा भएको छ। यसरी जनता माथि सरकारको दायित्वबोधको अभाव देखिनु जनता प्रति सरकारको अवहेलना हैन?

Post a Comment

Previous Post Next Post