आज ७७ औं बलिदान दिवस अर्थात् अङ्ग्रेले आजाद हिन्द फौजका प्रथम गोर्खा सैनिक शहिद मेजर दुर्गा मल्ललाई फाँसीमा झुण्ड्याएको दिन। आउनुहोस् जानौं- वीर गोर्खा शहिद मेजर दुर्गा मल्लको बारेमा नजानेका केही कुरा।
शहीद मेजर दुर्गा मल्लको जन्म अं सन १९१३ को १ जुलाईको दिन उत्तराखण्डको देहरादूनको समीपवर्ती डोईवाला गाउँमा भएको थियो। गंगाराम मल्ल छेत्री र पार्वती देवीका पुत्र मेजर दुर्गा मल्लले गोर्खा मिलिटरी मिडिल स्कूलमा प्राथमिक शिक्षा हासिल गरेका थिए, जस्लाई गोर्खा मिलिट्री इन्टर कलेज नामले जानिन्छ।
अं सन १९३१ मा मात्रै १८ वर्ष उमेरमा दुर्गा मल्ल गोर्खा राइफल्सको २/१ बटालियनमा भर्ना भएका थिए। उनलाई संकेत प्रशिक्षण (सिग्नल ट्रेनिंग) को लागि महाराष्ट्र पठाइएको थियो भने लगभग १० वर्ष सेनामा सेवारत भएपछि अं १९४१ सनमा युद्धको लागि विदेश जानुअघि परिवारसँग बिदा माग्न पुगेका थिए। त्यहाँ उनले ठकुरी परिवारकी छोरी शारदा देवीसँग विवाह गरेका थिए।
अं १९४१ सनको अप्रिल महिनामा दुर्गा मल्ल टुकडी सिकन्दरबाद पुगेका थिए भने त्यहाँबाट उनी विदेश जानु पर्ने हुन्छ। आफ्नो सैनिक धर्म पालन गर्दै १९४१ सनको २३ अगस्तको दिन बटालियनको साथमा मलाया तर्फ लागेका थिए मेजर दुर्गा मल्ल।
त्यतिबेला द्वितीय विश्व युद्धको समय थियो। अं १९४१ को ८ डिसेम्बरको दिन मित्र देश जापानको आक्रमण भएपछि युद्ध घोषणा गरिएको थियो। जस्को परिणामस्वरूप जापानको सहयोगमा सन १९४२ को १ सेप्टेम्बरको दिन सिङ्गापुरमा 'आजाद हिन्द फौज'को गठन भएको थियो। जहाँ दुर्गा मल्लले सराहनीय भूमिका निर्वाह गरेका थिए। त्यसैले उनलाई 'मेजर' को रूपमा पदोन्नति गरिएको थियो। मेजर दुर्गा मल्लले युवाहरुलाई आजाद हिन्द फौजमा सामेल गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। पछि उनलाई गुप्तचर शाखाको महत्वपूर्ण कार्य सुम्पिएको थियो। गुप्तचर शाखाको दायित्व पालन गर्ने क्रममा मेजर दुर्गा मल्ललाई अंग्रेजले सन १९४४ को २७ मार्च कोहिमाको उखरूल भन्ने ठाउँमा गिरफ्तार गरेका थिए। त्यस पश्चात् सन १९४४ को १५ अगस्तको को दिन उनलाई लालकिल्लाको सेंट्रल जेलमा पुर्याएका थिए र त्यसको दस दिनपछि अर्थात् सन १९४४ को २५ अगस्तको दिन फाँसीमा झुण्डिएका थिए।
भारतका सतन्त्रता आन्दोलनमा देशको लागि सर्वोच्च बलिदान दिएका सहिद मेजर दुर्गा मल्लको बलिदानको उचित मुल्यांकन नभएपछि सन २००३मा भारतीय गोर्खा परिसंघद्वारा एक अभियान चलाइएको थियो भने उनको बलिदानको उचित सम्मान जनाउँदै सन २००३ को २५ अगस्तको दिनलाई पहिलोपटक 'बलिदान दिवस' राष्ट्रीय स्तरमा मनाइएको थियो र त्यसपछि प्रत्येक वर्ष २५ अगस्तको दिन 'बलिदान दिवस' मनाउन थालिन्छ।
शहिद मेजर दुर्गा मल्लको बलिदानलाई सम्मान जनाउँदै उनको सालिक भारतको संसद भवन परिसरमा निर्माण गरिएको थियो। सन् २००४ को १७ दिसम्बरको दिन वीर शहिद मेजर दुर्गा मल्लको सालिक तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहले अनावरण गरेका थिए।
७७ औं बलिदान दिवसको अवसरमा वीर शहीद दुर्गा मल्ललाई सत सत नमन।
Post a Comment