न्युज डेस्क, ३०जून: भारतमा खेलकुदको क्षेत्रमा प्रदान गरिने सबैभन्दा ठूलो सम्मान 'राजीव गान्धी खेल रत्न अवार्ड'को निम्ति अल इण्डिया फुटबल फेडेरेसन (AIFF) ले भारतीय फुटबल दलका अधिनायक तथा होनहार फुटबल खेलाडी सुनिल छेत्रीको नाम सिफारिस गरेको छ। थाहा लागे अनुसार, 'राजीव गान्धी खेल रत्न अवार्ड'को निम्ति नामांकनको लागि जरुरी दस्तावेजहरु भर्नु पर्ने हुन्छ र अब त्यो काम मात्र बाँकी रहेको छ।
उल्लेखनीय छ, 'राजीव गान्धी खेल रत्न अवार्ड' प्रत्येक वर्ष मिनिस्ट्री अफ युथ अफेयर्स एण्ड स्पोर्टसद्वारा प्रदान गरिन्छ।
हालैमा सम्पन्न भएको विश्व कप क्वालिफाइंग मैचमा सुनिल छेत्रीले अन्तर्राष्ट्रिय गोलको मामिलामा अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनेल मेस्सीलाई पछि छोड़ेका कारण निकै चर्चामा आएका छन्।
Post a Comment