Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

सिक्किममा आदि पत्रकार पादरी गङ्गा प्रसाद प्रधानको १७० औं जन्म जयन्ती पालन

गान्तोक,०४ जुलाई: आइतबार जर्नलिस्ट युनियन अव सिक्किमले आदि पत्रकार पादरी गङ्गा प्रसाद प्रधानको १७० औं जन्म जयन्ती पालन गरेको छ।

गान्तोकको एमजी मार्गस्थित गोल्डेन टिप्स टी बारमा प्रयात पादरी गङ्गा प्रसाद प्रधानलाई स्मरण गर्दै जर्नलिस्ट युनियन अव सिक्किमले आयोजन गरेको समारोहमा वरिष्ठ पत्रकार निता निराशले अध्यक्षता गरेकी थिइन् भने पत्रकारिताको क्षेत्रमा योगदान दिने विभूतिहरूको लागि पत्रकार समाजबाट यसरी सम्झिनु अनुकरणीय कार्य बताइन्।

जर्नलिस्ट युनियन अव सिक्किमका अध्यक्ष भीम रावतले पत्रकार सिक्किममा पादरी जयन्तीको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्दै पत्रकारहरुले एकतालाई कायम गर्नु पर्ने आव्हान गरेको छन्।

पत्रकार प्रवीण खालिङद्वारा सञ्चालित कार्यक्रमको शुभारम्भमा सभाध्यक्ष र युनियनका अध्यक्षद्वारा पादरी गङ्गा प्रसाद प्रधानको तस्वीरमा खदार्पण गरिएको थियो।

कार्यक्रममा युनियनका उपाध्यक्ष तथा पत्रकार अम्बर गुरुङ, विष्णु न्यैपाने, विजय गुरुङ, दिछेन ओङ्मु, राजेन छेत्री, भरत शर्मा, एरोन राई र सुरज सुब्बा उपस्थित रहेका थिए।

उल्लेख्य छ, नेपाली पत्रकारिता क्षेत्रमा पादरी गङ्गा प्रसाद प्रधानलाई आदि पत्रकारका रूपमा मानिन्छ। उनले सन् १९०१-मा 'गोर्खे खबर कागत्' नामक नेपाली समचार पत्र प्रकाशित गर्नका साथै 'द गोर्खा प्रेस'को स्थापना गरी नेपाली भाषा र साहित्यको विकासमा उल्लेखनीय योगदान दिएका हुन्। उनले बाइबललाई नेपाली भाषामा अनुवाद पनि गरेका हुन्।

Post a Comment

Previous Post Next Post