Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

कोभिड भ्याक्सिन दुवै खोप लगाएकाहरुले सिक्किममा प्रवेश गर्न पाउने

गान्तोक, ०५ जुलाई: सिक्किममा जारी लकडाउनलाई खुकुलो पार्दै सिक्किम सरकारले आइतबार नयाँ आदेश जारी गरेको छ।

नयाँ आदेश अनुसार, अबउसो कोभिड भ्याक्सिन दुवै खोप लगाएको प्रमाण देखाएर कुनै पनि व्यक्ति अथवा पर्यटकले सिक्किममा प्रवेश गर्न सक्नेछन्। कोभिड भ्याक्सिन दुवै डोज लगाइसकेकाले आरटीपीसीआरको नेगेटिभ रिपोर्ट देखाउन जरुरी छैन्। सिक्किम भित्रन चाहनेहरुले दुईवटा भ्याक्सिनको डोज पूरा गरेको प्रमाण देखाएर मल्ली र रम्फू चेकपोस्टबाट प्रवेश गर्न सक्नेछन्।

त्यसैगरी सिक्किम सरकारका विभिन्न विभागीय कार्यालय र बोर्डहरु लगायत राज्य सरकार अधीनस्थ अन्य कार्यालयहरुमा कोभिडका दुवै खोप लगाएका ‌कर्मचारीहरुले सय प्रतिशत ‌उपस्थितिका साथ काम ‌गर्न सक्नेछन्। अन्य कर्मचारीहरुले भने वर्तमानकै पचास प्रतिशत ‌उपस्थितिको अनुसरण गर्नु पर्नेछ।

सबै कलकारखाना र वाणिज्य एकाइमा दुवै खोप लगाइसकेका कर्मचारीहरु छन् भने मात्र सय प्रतिशत उपस्थितिमा काम गर्न सकिने बताइएको छ भने अन्य एकाइहरूले ५० प्रतिशत कर्मचारीका साथ काम गर्नु पर्नेछ।

सबै होटल, रेस्टुराँ, होमस्टे, गेस्ट हाउसहरु ५० प्रतिशतको क्षमताका साथ सञ्चालन गर्न सक्नेछन्। यद्यपि प्रबन्धन पक्षले भने कोभिड नियमलाई कडाइका साथ पालन गरेको हुनु पर्नेछ।

शोरुम र मलहरुलाई पनि कोभिड-१९ को नियमअनुसार सञ्चालन गर्न सकिने अनुमति प्रदान गरिएको छ।

अबउसो दुई चक्के वाहनमा दुईजनाको सवारीलाई पनि अनुमति प्रदान गरिएको सिक्किम सरकारको गृह विभागद्वारा जारी गरिएको आदेशमा उल्लेख गरिएको छ।

Post a Comment

Previous Post Next Post