Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आकाशवाणी दिल्लीले प्रसारण गर्ने नेपाली समचार बन्द; मौन गोर्खा संस्था-संगठन

नयाँ दिल्ली,५ जुलाई: भारतीय गोर्खाहरुको लागि एउटा नराम्रो खबर। भारतभरि छरिएर बसेका नेपाली भाषी गोर्खाहरुका लागि All India Radio आकाशवाणी दिल्लीले प्रतिदिन साँझ ७.२५ बजेदेखि नेपाली भाषामा प्रसारण गर्ने राष्ट्रिय मुख्य समाचार प्रसारण बन्द गरेको छ। सन् १९५९ देखि नै आकाशवाणी दिल्लीले भारतीय गोर्खाहरूका लागि प्रत्येक दिन ७:२५ बजेदेखि भारतीय भाषाको रूपमा नेपाली भाषामा समाचार बुलेटिन प्रसारित गर्दै आएको थियो। तर हालै नेपाली भाषा समाचार प्रसारण बन्द गरेको थाहा लागेको छ। 

भारतीय गोर्खाहरूको राष्ट्रिय चिन्हारी बनेको All India Radio आकाशवाणी दिल्लीले प्रसारण गर्दै आएको नेपाली समचार बुलेटिन किन बन्द गर्यो ? भारतीय गोर्खाहरुको स्वाभिमान र गौरव आकाशवाणी दिल्लीले प्रसारण गर्ने नेपाली समचार बुलेटिन बन्दा गर्दा पनि सत्तामा रहेका गोर्खा नेता र राष्ट्रिय गोर्खा संस्था-संगठनहरु किन मौन छन?

Post a Comment

Previous Post Next Post