दार्जिलिङ,०५ जुलाई: किसानहरुको मर्का बुझ्न खेतबारीमै पुगे दार्जीलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बा। सोमबार मिरिक महकुमाको बुङकुलुङ बस्तीमा रोपाई चलिरहेको समयमा विधायक जिम्बाले खेतबारीमा पुगेर किसानहरूसँग भलाकुसारी गर्दै उनीहरूको मर्का बुझेका छन्।
उनले खेतमा कृषकहरू सँगै काम पनि गरे भने कृषकहरूलाई पहिलो रोपाईंको शुभकामना पनि व्यक्त गरे। यता पत्रकारहरूसँग कुराकानी गर्दै विधायक जिम्बाले भने, विशेष गरि बुङकुलुङ निवासी गोरामुमोका कर्मठ सदस्य एनबी लिम्बुले मलाई यहाँका एक विपन्न परिवारका किसानले रोपाई गर्ने जानकारी गराएका थिए। मैले यो अनुकरणीय कार्य गत असार पन्द्रहमा नै सम्पन्न गरिने भनेको थिए। तथापि एसआरआई पद्यतिबाट धान रोपाईं गरिने भएकोले विलम्ब गरि रोपाई गरियो। मलाई पनि बुझ्नु थियो हाम्रा कृषकहरूको पीर मर्का त्यसैले आज यहाँ आएको हो। कृषिको कारण नै पहाड तथा हाम्रो क्षेत्र अघि बढेको हो। नेतृत्व भएपछि यस कुरोलाई बुझ्न जरूरी छ। हामीले खेतीपातीलाई संरक्षण गर्नु पर्छ, विशेष गरि जैविक खेती अनि वनजंगलको संरक्षणमा पनि लागि पर्नु पर्छ। आज म यहाँ आए अब म प्रत्येक वर्ष नै आउनेछु।
उनले थप भने- यसपाली बुङकुलुङ आए भने आगामी दिनहरुमा विभिन्न क्षेत्रमा पुग्नेछु। हाम्रो देश नै कृषिप्रधान देश हो। कृषिमा नै हामी निर्भर छौं। वर्तमानमा आधुनिक पद्धतिमा कृषि गर्ने गरेको देखेका छौं। तर यहाँ आधुनिक पद्दति भन्दा अधिक पौराणिक पद्धतिद्वारा नै रोपाई भइरहेको देख्यौं। तथापि बुङकुलुङमा पनि आधुनिक पद्धतिमा रोपाई गरिएको देखे।
यता त्यसै क्रममा विपक्षका नेताहरूलाई कटाक्ष गर्दै भने- राजनीतिक पार्टीका नेताहरू ठूल्ठूला कुराहरू गर्दै भाषण दिएर मात्र हुँदैन। जब सम्म उनीहरू माटोसँग खेलेका छैनन्, खेत गरेका छैनन्, हलो जोतेका छैनन्, गाउँ बस्तीका आमा दिदी बहिनी कृषकहरूको पीर मर्का बुझेका छैनन् तबसम्म भाषण दिएर मात्र केही हुनेवाला छैन। पहाडको राजनीति डेटलकमा रहेको प्रसंगमा बोल्दै विधायक जिम्बाले फेरि भने- डेटलक त छ तर जबसम्म पीपीएसमाथि कुनै काम हुँदैन वा केन्द्र सरकारबाट समधानको फर्मुला आउँदैन तबसम्म पहाडको राजनीति डेटलकमा नै रहनेछ भने यसलाई समधान गर्नका लागि केन्द्र सरकारले चाँडो भन्दा चाँडो पहल गर्नुपर्छ।
अर्कातिर उनले सांसद राजु विष्टको प्रसंसा गर्दै भने- सांसद राजु विष्टले पहाडको समस्यालाई लिएर जहिले पनि सम्बन्धित विभागको ढोका ढकढकाई रहेका छन्। पहाडलाई लिएर सांसद विष्टले जतिको कसैले काम गर्न सकेका छैनन्।
विधायक नीरज जिम्बाले बुङकुलुङ आएको समयमा पहिलो रोपाईंको अवसरमा कृषक परिवारलाई सम्मान स्वरूप खादा पहिराएर सहयोग राशि पनि प्रदान गरे।
Post a Comment