गोवालपारा,०६ जुलाई: अखिल असम गोर्खा छात्र संघ गोवालपारा जिल्ला समितिले सोमबार गोवालपारा जिल्लाकी नवनियुक्त उपायुक्त मीनाक्षी दास नाथसँग भेट गर्दै अभिनन्दन जनाएको छ।
उपायुक्तसँग गोवालपारा जिल्लाभित्र बसोबास गर्ने गोर्खा जनताहरुले भोग्नु परिरहेको विभिन्न समस्याहरु बारे चर्चा हुन्छ।
गौपालन मार्फत कसरी गोर्खाहरुलाई मुनाफा दिलाउन सकिन्छ त्यसबारे जिल्ला उपायुक्त मीनाक्षी दास नाथले ध्यान दिएको कुरा जिल्ला सभापति लोहित अधिकारीले बताएका छन्।
भेटवार्ताको क्रममा सरकारले हालै रैथाने जनगोष्ठीको सर्वेक्षण गर्न जारी गरेको सूचना सन्दर्भमा पनि उपायुक्तसँग महत्वपूर्ण चर्चा हुन्छ।
यता गोवालपारा जिल्लाभित्र वसोबास गर्ने दरिद्र गोर्खा परिवार र गोर्खा विद्यार्थीहरुको विषयमा पनि उपायुक्तसँग चर्चा भएको कुरा सभापति छेत्रीले बताएको छन्।
उक्त भेटघाटमा गोर्खा छात्र संघ गोवालपारा जिल्ला समितिका सभापति लोहित छेत्री, जिल्ला सहसचिव सुरज छेत्री, जिल्ला सल्लाहकार मनोज प्रसाद शर्मा, केन्द्रीय सदस्य रोहित लमसाल र गोवालपारा गोर्खा महिला कोषकी सभानेत्री जुतिका शर्मा उपस्थित थिए।
Post a Comment