Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

अखिल असम गोर्खा छात्र संघ, बाक्सा जिल्ला समितिले जिल्ला उपयुक्तलाई चढायो ज्ञापन

बाक्सा,०६ जुलाई: अखिल असम गोर्खा छात्र संघ, बाक्सा जिल्ला समितिले सोमबार बाक्सा जिल्लाका उपायुक्तलाई भेट गरी एउटा ज्ञापन पत्र चढाएको छ। जानकारी अनुसार, जिल्ला सभापति राजु सुवेदीको नेतृत्वमा गएको टोलीले हालै असम सरकारले गोर्खा लगायत राज्यका ३३ वटा रैथाने जाति-जनगोष्ठीको सर्वेक्षण गर्न जारी गरेको निर्देश सन्दर्भमा ज्ञापन पत्र चढाएको छ।

हालै असम सरकारले जनगणनाको तथ्यको आधारमा राज्यका ३३ वटा जाति-जनगोष्ठीको तथ्य मागेको छ भने विगत जनगणनाको क्रममा जनगणना गर्ने अधिकारीहरुले अति दुर्गम क्षेत्रहरुमा बसोबास गर्ने गोर्खा परिवारको घर-दैलोमा नपुगेर सम्बन्धित क्षेत्रको कोही एकजना व्यक्तिको घरमा बसेर नै त्यस क्षेत्रको परिवारको तथ्यहरु लिएको र त्यसो गर्नाले बाक्सा जिल्लामा बसोबास गर्दै आएका गोर्खाहरुको सम्पूर्ण जनसंख्या भन्दा धेरै कम्ती जनसंख्या जनगणनाको तथ्यमा उल्लेख रहेको कुरा आग्सु बाक्सा जिल्ला समितिले ज्ञापन पत्र मार्फत जिल्ला उपायुक्तलाई अवगत गराएको छ। त्यसैले यसपटक बाक्सा जिल्लामा बसोबास गर्ने गोर्खा जनताको प्रकृत तथ्य दिशपुरलाई प्रेषण गर्नको लागि जनगणना गर्ने अधिकारीहरुलाई सहयोग पुर्‍याउन गोर्खा छात्र संघ, बाक्सा जिल्ला समिति तत्पर रहेको बताएका छन।

यता उपायुक्तले गोर्खा छात्र संघलाई साथमा लिएर काम गर्ने बताएको जिल्ला सभापति राजु सुवेदीले जानकारी दिएका छन्।

स्मरण रहोस्, हालै असम सरकारले गोर्खा लगायत असमका ३३ वटा रैथाने जाति-जनगोष्ठी बसोबास गर्दै आएका गाउँको सूची र जनसंख्याको तथ्य मागेको छ। राज्य सरकारकी संयुक्त सचिवद्वारा जिल्ला उपायुक्तहरुलाई प्रेषण गरिएको निर्देश पत्रमा असमको जनगणनाको तथ्यको आधारमा ३३ वटा जाति-जनगोष्ठीको तथ्य मागिएको छ।

Post a Comment

Previous Post Next Post