Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

कालेबुङकी डिना राई आइकोनिक इन्टरनेशनल हुमन अवार्ड २०२१-ले सम्मानित

कालेबुङ, १२ जुलाई: कालेबुङ तल्लो कमसी निवासी डिना राई 'आइकोनिक इन्टरनेशनल हुमन अवार्ड-२०२१' सम्मानित बनेकी छिन्। थाहा लागे अनुसार, उनले दिएको सामाजिक योगदानको कदर गर्दै उनलाई आइकोनिक इन्टरनेशनल हुमन अवार्ड २०२१ प्रदान गरिएको हो। डिना राई एकजना सामाजिक कार्यकर्ता, शिक्षाको क्षेत्रमा अघि आएकी सचेतक अनि नारी सशक्तिकरणमा अग्रणी भूमिका निर्वाह गर्ने एक अग्रज महिला हुन्। विभिन्न सामाजिक संस्थाहरूमा संलग्न रहेकी तथा स्वनिर्भर समूहहरूद्वारा समाजलाई आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेकी डिना राई आइकोनिक इन्टरनेशनल हुमन अवार्ड २०२१ द्वारा सम्मानित बनेकी हुन्। ५० वटा विभिन्न देशका महिलाहरूलाई यस पुरस्कारद्वारा सम्मान जनाइएको थियो भने फिलिपियन, जर्मनी, क्यानाडा, युएसए, स्पेन आदि देशका प्रतिनिधिहरूले पाएको यस उत्कृष्ट पुरस्कारको लहरमा कालेबुङको ग्रामीण क्षेत्र कमसीबाट डिना राईले यो पुरस्कार पाउन सक्षम हुनु भनेको कालेबुङ मात्र होइन, राज्य र राष्ट्रकै निम्ति उपलब्धि मान्नुपर्छ।

डिना राईको समाज प्रतिको योगदान, नारी शिक्षा र सशक्तिकरणमा दिएको योगदानको यसरी कदर हुनु हाम्रो निम्ति ठूलो उपलब्धि हो भन्दै पर्यावरण-चेतना पत्रिकाका सम्पादक भुवन पी. खनालले बधाई दिएका छन्। उनलाई ग्रामवासी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले पनि बधाई सन्देश पठाएका छन्।

Post a Comment

Previous Post Next Post