न्युज डेस्क,१२ जुलाई: भारतीय पर्वतारोहण टोलीले गत् १ जुनको दिन विश्वकै सर्वोच्च चुचुरा सगरमाथा (माउन्ट एभरेस्ट) मा आरोहण गर्न सफल बनेका थिए।
सगरमाथामा आरोहण गरेर स्वदेश फर्केका भारतीय पर्वतारोही टोलीका सदस्यहरुलाई शुक्रबार इन्डियन माउण्टेनियरिङ फाउन्डेसनदले अभिनन्दन जनाएको छ। अभिनन्दन कार्यक्रममा अभिनन्दित पर्वतारोहीहरुमा सिक्किमकी छोरी मनिता प्रधान पनि थिइन्।
उल्लेखनीय छ, गत १ जुनको दिन बिहान ५ बजे पश्चिम सिक्किमको सोरेङ बस्ती निवासी मनिता प्रधानले विश्वको सर्वोच्च चुचुरा सगरमाथामा आरोहण गर्न सफल बनेकी थिइन्।
Post a Comment