Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

असमका वीर शहीद अरुण कुमार राईको सालिक अनावरण

तिनसुकीया, ११ जुलाई: आइतबार असमको तिनसुकीया जिल्ला अन्तर्गत शदियाका वीर शहीद अरुण कुमार राईको सालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ। 

जानकारी अनुसार, तिनसुकीयाको शदिया चपाखोवास्थित रुक्मिणी पार्कमा वीर शहीद अरुण कुमार राईको सालिक उद्घाटन गरिएको हो। कोभिड-१९-को प्रकोप प्रति मध्यनजर राख्दै शुक्ष्म कार्यक्रमको आयोजन गरी वीर शहीदको सालिक अनावरण गरिएको छ।

सालिक अनावरण कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ, तिनसुकीया जिल्ला समितिका कार्यकर्ताहरुको उपस्थिति रहेको थाहा लागेको छ।

उल्लेखनीय छ, शहीद अरुण कुमार राईले जम्मु कश्मीरमा सन् २०१६-को ११ जुलाई दिन भएको आतंकवादी हमलामा मातृभूमिको लागि सर्वोच्च बलिदान दिएका थिए।

Post a Comment

Previous Post Next Post