कामरूप:१० जुलाई: शुक्रबार अखिल असम गोर्खा छात्र संघ, कामरूम ग्रामिण जिल्ला समितिले भर्खरै दायित्वभार लिएका कामरूप ग्रामिण जिल्लाका उपायुक्त कैलाश कार्तिलाई भेट गरी अभिनन्दन गरेको छ।
जानकारी अनुसार, जिल्ला समितिले भेटवार्ताको क्रममा विगत लामो समयदेखि असम-मेघालय सीमान्त क्षेत्रको लाम्पीमा बसोवास गर्ने गोर्खाहरुमाथि दुष्कर्मीद्वारा पटक पटक भइरहने आक्रमणको घटना वर्तमान सम्म पनि समाधान नभएको विषय नवनियुक्त उपायुक्तलाई अवगत गराएका छन् भने शीघ्र समस्याको स्थायी समाधानमा पनि ध्यान दिनको लागि आग्रह गरेका छन।
उक्त टोलीमा आग्सु केन्द्रीय समितिका कार्यालय सचिव विकाश शर्मा, जिल्ला सभापति हरि शर्मा, मूल सचिव गोविन्द शर्मा, शिक्षा सचिव अमर सोनार र सह सचिव पङ्कज निरौला उपस्थित थिए।
Post a Comment