Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

दार्जिलिङ-सिक्किम एकीकरणको मुद्दा ठिक होइन: डा. महेन्द्र पी लामा

खरसाङ,११ जुलाई: गोर्खा राष्ट्रिय कङ्ग्रेस (गोराकं)-ले उठाइरहेको दार्जिलिङ-सिक्किम एकीकरणको मुद्दा ठिक नरहेको डा. महेन्द्र पी लामाले बताए। डा. लामाका अनुसार एकीकरणको मुद्दा उठाउनेहरुले यस मुद्दा सम्बन्धमा धेरै अध्ययन गरेका हुन सक्लान्, तर उनको अध्ययन र बुझाइमा भने दार्जिलिङ-सिक्किम एकीकरण ठीक होइन भन्ने आफूलाई लगेको बताएका छन्। यदि दार्जिलिङ-सिक्किम एकीकरण भए एउटाले हार्ने अनि अर्कोले जित्नेछ, त्यसैले दुवैले जित्ने खेल खेल्नु पर्ने डा. लामाले सुझाव दिएका छन्।

डा. लामाको भनाइ अनुसार, अहिले केन्द्र र राज्य दुवै सरकारले दिन्छु भन्दैछन्। त्यसैले केन्द्र र राज्यको यस प्रतिस्पर्धामा दार्जिलिङ पाहाडवासीले राम्रो कुरा पाउने दिशामा काम गर्नु पर्ने सुझाव दिएका छन्। सबै राम्रो भइरहेको बेला दार्जिलिङ-सिक्किम विलयको मुद्दातिर ध्यान भड्काउने काम गर्नु उचित हुदैन भनी उनले बताएका छन।

शनिबार खरसाङमा डा. महेन्द्र पी लामाले पत्रकारहरुसँग कुराकानी गर्दै दार्जिलिङ-सिक्किम एकीकरणका लागि धेरैले अध्ययन गरेका हुनसक्ने तर आफ्नो अध्ययन र बुझाइमा एकीकरणको मुद्दा ठिक नरहेको बताए। किनकी एकीकरण हुदाँ एउटाले हार्नेछ, अर्काले जित्नेछ। त्यसैले डा. लामाका अनुसार दुवैले जित्ने खेल खेल्नुपर्छ।

उनले भने- "सिक्किमका आफ्नै बाटो, माटो, मार्ग इतिहास, भूगोल र संस्कृति छ अनि दार्जिलिङको पनि आफ्नै छ। त्यसैले दार्जिलिङ आफ्नै बाटोमा हिडनु पर्छ, चाहे त्यो यात्रा सुगम नहोला। दार्जिलिङ अहिले महत्वपूर्ण मोडमा छ। केन्द्र सरकारले दिन्छु भन्दैछ र राज्य सरकारले पनि दिन्छु भन्दैछ। केन्द्र र राज्यको यस प्रतिस्पर्धाबिच हामीले केही राम्रो कुरा पाउनु पर्छ। अहिले यताउता कतै नहेरी अनि राम्रो भइरहेको समयमा दार्जिलिङ-सिक्किम विलयको मुद्दामा ध्यान नदिइकन दार्जिलिङले आफ्नो लक्ष्यलाई हेरेर अघि बढ्नुपर्छ।"

डा. लामाका अनुसार दार्जिलिङले राज्य र केन्द्रको होडबाजीको फाइदा उठाउने काम गर्नुपर्छ, नत्र फेरि दार्जिलिङले एकपल्ट धोका नै पाउनेछ।

Post a Comment

Previous Post Next Post