दार्जिलिङ,१० जुलाई: केही दिन अघि गोर्खा जनमुक्ति मोर्चा विनय खेमाबाट राजीनामा दिएका तीनजना केन्द्रीय समितिका सदस्य नोर्देन लामा, भुवन पी खनाल, प्रविण रहपाल अनि जिल्ला समितिका सदस्य शरण प्रधान गोजमुमो बिमल खेमामा सामेल भइसकेका छन्।
गोजमुमो विनय खेमाबाट राजीनामा घोषणा गर्दै प्रविण रहपालले कालेुबङका विधायक रूदेन सादा लेप्चामाथि व्यापक भ्रष्टाचारको आरोप लगाएका थिए। विधायक लेप्चाले ३० करोड रूपैयाँ हिनामिना गरेको बताएका थिए।
यता शुक्रबार विधायक रूदेन सादा लेप्चाले आफ्नो वकिलमार्फत प्रविण रहपाल विरुद्ध कानुनी नोटिस जारी गरेको थाहा लागेको छ। विधायक लेप्चामाथि लगाइएको आरोप आगामी १५ दिनभित्रमा प्रमाणित गरिनुपर्ने नत्रभने प्रवीण रहपाल विरुद्ध उच्च न्यायलयमा मानहानिको मुद्दा दर्ता गरिने कानुनी नोटिसमा बताइएको छ।
शुक्रबार जारी भएको पहिलो नोटिसपछि अबको १५ दिनभित्रमा प्रवीण रहपालले विधायक रूदेन सादा लेप्चामाथि लगाएको आरोपबारे स्पष्टीकरण अथवा सत्यापित गर्न नसके उनीविरुद्ध उच्च न्यायलयमा मानहानिको मुद्दा दायर हुने स्पष्ट भएको छ।
विधायक रूदेन सादा लेप्चाले आफूमाथि यसरी पैसा हिनामिना गरेको आरोपले आफ्नो आत्मसम्मानमा ठेस पुगेको अनि आरोप लगाउने व्यक्तिले आरोप सिद्ध नगरे उच्च न्यायलयबाट पाँच करोडको मानहानि मुद्दा दर्ता गर्ने बताएका छन।
Post a Comment