दार्जिलिङ, ०९ जुलाई: नयाँ मन्त्रीमण्डल विस्तार भएपछि दार्जिलिङका विधायक जीरज जिम्बाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै पत्राचार गरेका छन्।
राष्ट्रको इतिहासमा पहिलोपटक युवाहरूलाई मन्त्रीमण्डलमा सामेल गरिएको र यस एेतिहासिक कदमले राष्ट्रको शासन प्रणालीमा नयाँ युगको शुरुआत भएकोले यस कदमले बद्लिदो समयको आवश्यकतालाई पूरा गर्नेछ भन्दै विधायक जिम्बाले दार्जिलिङ लोकसभा क्षेत्रका सांसद राजु बिष्टलाई मन्त्रीमण्डलमा सामेल नगरिएकोमा असन्तुष्टि पनि व्यक्त गरेका छन।
विधायक जिम्बाले भने- सांसद राजु बिष्टको कडा परिश्रम इमानदारी अनि समर्पणका कारण दार्जिलिङ जिल्लाको पाँचैवटा विधानसभा क्षेत्रमा भाजपाले जीत हासिल गरेको हो।
सांसद राजु बिष्ट एक गोर्खा भएको कारण एकजना अभिभावक बनेर देशका विभिन्न प्रान्तहरुमा बसोबास गर्ने भारतीय गोर्खाहरुले भोगिरहेका विभिन्न समस्याहरु समाधानको निम्ति निस्वार्थ भावनाले कार्य गरिरहेको विधायक जिम्बाले बताए।
अर्कातिर, विधायक नीरज जिम्बाले सन् २०१९ को लोकसभा चुनावको संकल्प पत्रमा अनि २०२१ को बङ्गाल विधानसभा चुनावको संकल्प पत्रमा भाजपाले दार्जिलिङ पहाड, तराई अनि डुवर्सको निम्ति स्थायी राजनैतिक समाधानको कटिवद्ध जाहेर गरेको पनि पत्रद्वारा स्मरण गराएका छन्।
Post a Comment