Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
हरेक वर्षको जून महिनाको १४ तारिखमा विश्वभरि रक्तदान दिवस मनाइन्छ। स्वच्छ रगतको उपलब्धता, स्वयंसेवी रक्तदाताहरूको महत्व र रगतजन्य अन्य जीवन रक्षा गर्ने तत्वहरूबारे सचेतना फैलाइन्छ, यो दिनमा । यो दिवस सन् २००४ बाट मनाउन शुरु गरिएको हो। सन् २०२१ को विश्व रक्तदाता दिवसको नारा भने न्ष्खभ दयियम बलम पभभउ तजभ धयचमि दभबतष्लन तय भएको छ।
यसको अर्थ, विश्वलाई रगत दान गरौं र हरेकको धड्कन कायम गरौंँ भन्ने हो।
रक्तदानको इतिहास हेर्ने हो भने सन् १९६५ भन्दा अगाडिको समयमा लैजान चाहन्छु, उतिबेला चिकित्साशास्त्र आधुनिककालमा जति आधुनिक हुने सवाल नै रहेन। एक व्यक्तिबाट अर्को व्यक्तिमा रगत प्रवाह गरिँदा धेरै दुर्घटनाहरू अनि वियोगहरू भएका थिए।
रिचार्ड लोवर भन्ने एउटा वैज्ञानिकले एउटा कुकुरबाट अर्को कुकुरमा रगतको प्रवाह गर्दा दुवै कुकुर जीवित नै भए। यसो गर्दा यिनले रगतको प्रवाह, रगत जम्ने प्रक्रिया लगायत अन्य थुप्रै तथ्यहरू फेला पारे। उनको त्यही सिकाईले पछि मानवीय चिकित्सा पद्धतिमा युगान्तकारी परिवर्तन ल्यायो। रक्तदानका पिता भनेर चाहिँ वैज्ञानिक कार्ल ल्यान्सटाइनरलाई चिनिन्छ । सन् १८६४ मा जून १४ तारिखमा अष्ट्रियामा जन्मेका यिनले रक्तदानमा गरेको योगदानलाई सन्झना गरिँदै आज विश्वभरि रक्तदाता दिवस मनाइन्छ।
मानव रगतका समूहहरू एबीओ गु्रप सन् १९०३ मा यिनै कार्लले पत्ता लगाएका थिए। यसरी रक्त समूहको पहिचान भएपछि रक्तदानले मानव चिकित्सा पद्धतिमा ठूलो फड्को मार्यो। सरी रक्त समूहहरूको पहिचान गरी समूह अनुसार रगत दिन थालेपछि कसैको पनि मृत्यु भएन। अनि सहजै रगतको आवश्यकतामा रहेका बिरामीहरूलाई जोगाउन सकिने भयो।
हरेक वर्ष ठूलो संख्यामा मानिसहरूलाई रक्तदानका कारणले गर्दा मृत्युबाट जोगाउन सम्भव छ। अझ महामारी, युद्ध र दुर्घटनाका समयमा त रक्तदानको महत्व झनै धेरै हुन्छ। कोरोना संक्रमणका समयमा पनि ‘प्लाज्मा थेरापी’ लगायत अन्य थुप्रै रक्तजन्य दानका कारणले बिरामीहरूको जीवन रक्षार्थ सहज भएको छ।
कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन्?
उमेरले १८ वर्ष पूरा भएको ६० वर्षसम्मका पुरुष वा महिलाहरूले रक्तदान गर्न सक्छन् । रक्तदान गर्ने मानिसको वजन ४५ केजी भन्दामाथि हुनुपर्छ। प्रेशर ११०÷७०, १६०÷९५ मि.मि. मर्करी हुनुपर्छ ।
त्यसैगरी रक्तदान गर्ने मानिसको हेमोग्लोविन १२ ग्राम अथवा यो भन्दा माथि हुनुपर्छ। यतिमात्र होइन रक्तदान गर्ने मानिसमा मुटु, फोक्सो, कलेजो, राम्रो क्रियाशील अवस्थामा हुनुपर्छ। जण्डिस, मलेरिया, टाईफाइड, एडस, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दम, उच्च रक्तचाप, मृगौलाको रोग, हेपाटाइटिस जस्ता रोगीहरूले रक्तदान गर्न हुदैन।
उल्लेखित रोग नभएका स्वस्थ मानिसले पुरुषले हरेक तीन महिनामा र महिलाहरूले महिनावारी नभएको अवस्थामा, बच्चा पेटमा नभएको अवस्थामा र बच्चाले दूध खाने अवस्थामा बाहेक वर्षको दुई पटक रक्तदान गर्न सक्छन्।
रक्तदान गर्नु हामी सबैको दायित्व हो। जीवनदान भन्दा ठूलो पुण्य केही हुँदैन। रक्तदान दिवसको शुभकामना।
Post a Comment