Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
न्युज डेस्क, १४ जुन,२०२१: भारतीय सेनाले महिलाहरुलाई भारतीय सेनामा भर्ना गर्ने गरी विज्ञापन खोलेको छ। भारतीय सेनाले महिला मिलिट्री पुलिसको जनरल ड्युटीमा १०० जना महिला सैनिक भर्ती गर्ने गरी विज्ञापन खोलेको हो। भारतीय सेनामा भर्ती हुन चाहने महिलाहरुको उमेर साढे १७ वर्षदेखि २१ वर्षको बीचमा हुनुपर्नेछ अर्थात् १ अक्टोबर २००० देखि १ अप्रिल २००४ को बीचमा जन्मिएकाहरुले आवेदन दिन पाउनेछन्। आवेदन गर्ने महिलाको उचाइ १५२ सेन्टिमिटर हुनुपर्नेछ तर गोर्खा हकमा ४ सेन्टिमिटर छुट दिइनेछ। गोर्खालीको हकमा शैक्षिक योग्यता १० कक्षा पास भए पुग्नेछ। सेनामा भर्ती हुन आवेदन अनलाइनमार्फत दिनुपर्नेछ। आवेदन यही २० जुलाईसम्ममा दिइसक्नुपर्नेछ।
Post a Comment