Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

भारतीय सेनामा लेफ्टिनेन्ट पदमा नियुक्त भए तीन गोर्खा सन्तान


न्युज डेस्क, १३ जुन,२०२१: भारतका गोर्खाहरुको लागि एउटा खुशीको खबर। तीनजना गोर्खा सन्तान भारतीय सेनामा लेफ्टिनेन्ट पदमा नियुक्त भएका छन्।

जानकारी अनुसार, कालेबुङ जिल्लाको गोरूबथान खण्ड अन्तर्गत मिशनहिल चियाबारी निवासी विमल छेत्री र बिनु छेत्रीका जेष्ठ सुपुत्र विवेक छेत्री भारतीय सेनामा लेफ्टिनेन्ट बनेका छन्। चियाश्रमिकका छोराको रूपमा सामान्य परिवारमा हुर्केका विवेक छेत्रीले स्थानीय लिटल बड्स नर्सरी स्कूलबाट प्राथमिक शिक्षा ग्रहण गरेपछि होली चाइल्ड स्कूलबाट दशौं श्रेणी अनि एसआईटी सिलिगुढीबाट बाह्रौं श्रेणीसम्म अध्ययन गरेका हुन्।

उनी सन २०१३ मा भारतीय सेनामा एकजना सिपाहीका रूपमा भर्ना भएका थिए। सानैदेखि पढाईमा अब्बल छेत्रीले सेनामा भर्ना भएपछि पनि आफ्नो अध्ययनलाई निरन्तरता दिए र आर्मी क्याडेड कलेज विङमा तीन वर्षको प्रशिक्षण अनि ग्रेजुएसन गरे। उनले देहरादूनको आईएमए (इण्डियन मिलिटेरी एकाडेमी) बाट एक वर्षको तालिम पुरा गरेपछि आजदेखि उनले भारतीय सेनामा लेफ्टिनेन्टको रूपमा देशलाई सेवा पुर्‍याउने छन्।

विवेकले प्रशिक्षण अवधि धेरैवटा चुनौतीहरुलाई सामना गर्दै लेफ्टिनेन्ट बनेपछि उनको परिवार र क्षेत्रवासी जनतामाझ खुशीको माहोल छाएको छ भने गोर्खाहरु पनि गौरवान्वित भएका छन्।

लेफ्टिनेन्ट विवेक छेत्री




अर्कातिर, नागरकट्टा अन्तर्गत लुकशान मोड निवासी तिलक छेत्रीका छोरा ज्ञानेन्द्र छेत्री पनि भारतीय सेनामा सेफ्टिनेन्ट बन्न सफल भएका छन्।

लेफ्टिनेन्ट ज्ञानेन्द्र छेत्री







यता दार्जिलिङको रिम्बिक निवासी सत्यजित राई पनि भारतीय सेनामा लेफ्टिनेन्ट पदमा नियुक्त भएको खबर प्राप्त भएको छ।

लेफ्टिनेन्ट सत्यजित राई


भारतीय सेनामा लेफ्टिनेन्ट पदमा नियुक्त तीनजना गोर्खा सन्तानको सफलताले गोर्खाहरुलाई पनि गौरवान्वित महसुस गराएको छ।


Post a Comment

Previous Post Next Post