Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

पश्चिम बङ्गालमा भाजपालाई ठूलो झट्का।

पश्चिम बङ्गाल, ११ जुन,२०२१: विधानसभा चुनावपछि पश्चिम बङ्गाल भाजपामा पैह्रो गएको छ। आज सबै अनुमानलाई विराम लगाउँदै तृणमूल काङ्ग्रेसका संस्थापक नेता तथा भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष मुकुल रोय अनि उनका छोरा शुभ्रान्शु रोय तृणमूल काङ्ग्रेसमा सामेल भएका छन्।

कोलकातास्थित तृणमूल भवनमा पश्चिम बङ्गालकी मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता बनर्जीको उपस्थितिमा नेताद्वयले तृणमूल काङ्ग्रेसको झण्डा समातेका छन्।

उल्लेखनीय छ, पश्चिम बङ्गालका एकजना प्रभावशाली नेता मुकुल रोयले २०१७ सनमा तृणमूल काङ्ग्रेसबाट राजीनामा दिएर नोभेम्बर २०१७ मा भाजपामा सामेल भएका थिए।

Post a Comment

Previous Post Next Post