धेमाजीबाट कुलदीप छेत्री, १४ जुन: अखिल असम गोर्खा छात्र संघ, धेमाजी जिल्ला समितिको एउटा टोलीले जिल्ला सभापति सोमराज पुरीको नेतृत्वमा आज धेमाजी जिल्लाका नवनियुक्त प्रहरी अधीक्षक रञ्जन भुयाँ, अतिरिक्त प्रहरी अधीक्षक र उप प्रहरी अधीक्षक रश्मी शर्मालाई सौहार्दपूर्ण भेट गरेर अभिनन्दन गरेका छन्।
उक्त भेटवार्तामा आग्सु धेमाजी जिल्ला समितिका सभापति सोमराज पुरीले धेमाजीमा गोर्खा युवकहरुमाझ पनि नशाजन्य पदार्थको प्रचलन र युवाहरु जुवा प्रति आसक्त बनेको बताउदैं युवा पिढीलाई अन्धकार भविष्य तर्फ धकेल्ने यस्तो समस्या समाधानको लागि जन जागरूकता सभामा उहाँहरूको सहयोगिताको
आह्वान गरेका छन्।
अर्कातिर प्रहरीको भर्नामा गोर्खा युवक-युवतीहरुलाई पनि अग्राधिकार प्रदान गर्न उहाँहरूको सहयोगको आह्वान गरेका छन् भने धेमाजीका नवनियुक्त प्रहरी अधिकारीहरुले पनि गोर्खा युवक-युवतीहरुलाई प्रस्तुत रहनु पर्ने बताउदैं सम्पूर्ण सहयोग पुर्याउने अश्वासन दिएका छन्।
उक्त टोलीमा केन्द्रीय सदस्य मोहन विश्वकर्मा, मूल सचिव सहित थापा, उप-सभापति भीम तामाङ, सह सचिव कृष्ण शर्मा, कार्यालय सचिव जीवन ढकाल, स्वयंसेवक दस्ता प्रमुख दिलीप कुमार लिम्बू र सल्लाहकार हरि उपाध्याय रहेका थिए।
Post a Comment