"
जीवनदान भन्दा ठूलो पुण्य केही हुँदैन"
सिलिगुडी,१४ जुन: समग्र देशमा कोरोना महामारीको कहर जारी रहेको बेला आज विश्व रक्तदान दिवसको अवसरमा गोरूबथान माइपाते थापासङ गैर सरकारी संस्थाले सिलिगुढी रोटरी ब्लड् बैंकमा गएर रक्तदान गरेको छ।
जानकारी अनुसार, कूल १० जना व्यक्तिले रक्तदान गरेका छन् भने जसमा एकजना महिला पनि सामेल छिन।
माइपाते थापासङ गैर सरकारी संस्थाको भएर अध्यक्ष बिकाश चाम्लिङ, उपाध्यक्ष हेमन्त राई, सह सचिव सुशन गुरुङ अनि सपन राई लगायत अन्य सहयोगीहरुमा वीर कुमार राई, प्रीतम गिरी, अरूणा सुब्बा, नरेश राई, मनराज सुब्बा र बिकाश राईले गरे रक्तदान।
वरिष्ठ समाज सेवी तथा गोर्खा च्यारिटेबल अस्पतालका मूल सचिव सुरेन प्रधानको ठूलो सहयोगमा रक्तदान कार्यक्रम सफल भएको बताउँदै उनी प्रति आभार प्रकट गरेको छ माइपाते थापासङ गैर सरकारी संस्थाले।
यस्तो संकटको समयमा समाजका हरेक सज्जनबर्गलाई अहम भूमिका निर्वाह गरिदिन हुन माइपाते थापासङ गैर सरकारी संस्थाले अपील गर्दै यदि कुनै पनि इच्छुक व्यक्ति र संघ संस्थाहरूले यसरी नै सेवा सहयोग पुराउन चाहनुहुन्छ भने माइपाते थापासङ गैर सरकारी संस्थालाई सम्पर्क गर्न आव्हान गरेका छन्।
Post a Comment