Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

पश्चिम बङ्गालमा १ जुलाईसम्म बढ्यो कोभिड-१९ प्रतिबन्ध

कोलकाता,१६ जुन: कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर पश्चिम बङ्गाल सरकारले राज्यमा जारी रहेको लकडाउन आउँदो १ जुलाईसम्म बढाएको छ। पश्चिम बङ्गालमा आजदेखि शुरू भएको छ तेस्रो चरणको लकडाउन। तर तेस्रो चरणको लकडाउनमा केही राहत दिइएको थाहा लागेको छ।

पश्चिम बङ्गालमा तेस्रो चरणको लकडाउनमा २५ प्रतिशत कर्मचारीसहित सम्पूर्ण सरकारी कार्यालय खुल्ला रहनेछ।

निजी/कर्पोरेट कार्यालय २५ प्रतिशत कर्मचारीसहित बिहान १० बजीदेखि बेलुकी ४ बजेसम्म खुल्ला रहनेछ।इ-पास अनिवार्य गरिएको छ।

पार्कहरु बिहान ६ बजेदेखि ९ बजेसम्म मर्निङ वकको लागि खुल्लै रहनेछ। तर टिकाकरण भइसकेको मानिसहरूले मात्र पार्कमा प्रवेश गर्न पाउने छन्।

बजारपाट बिहानको ७ बजेदेखि ११ बजेसम्म खुल्ला रहनेछ। अन्य खुद्रा पसल ११ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ला रहनेछ।

रेस्टुरेन्ट अनि बार ५० प्रतिशत बस्ने प्रबन्धसहित १२ बजीदेखि ८ बजेसम्म खुल्ला रहनेछ।

लकडाउनको अवधि राज्यभित्रकै बस सेवा, जलमार्ग, रेल सेवा बन्द रहनेछ। निजी गाडी/क्याब आवश्यक अनि अनिवार्य सेवाको निम्ति मात्र खुल्ला रहनेछ। विशेष स्टाफ रेल सेवा बाहेक सम्पूर्ण सार्वजनिक यातायात बन्द रहनेछ। ट्याक्सी अनि अटो सेवालाई अस्पताल अनि एयरपोर्टको निम्ति छुट दिइएको छ।

चलाचल अनि बाहिरी क्रियाकलाप बेलुकी ९ बजीदेखि बिहान ५ बजेसम्म ठप्प रहनेछ।

लकडाउनको अवधिमा खेलकुदलाई छुट दिइएको छ। तर दर्शकहरूलाई मनाहि छ।

आउँदो १ जुलाईसम्म सम्पूर्ण शैक्षिक संस्थानहरू पनि बन्द रहनेछन्। लकडाउनको अवधि राज्यका जिम, सलुन अनि सिनेमा हल पनि बन्द रहनेछ।

Post a Comment

Previous Post Next Post