गान्तोक,१६ जुन: सिक्किमेली जनताको लागि एउटा खुशीको खबर। सिक्किम सरकारले मुम्बईमा निर्माण गर्नेछ सिक्किम हाउस। महाराष्ट्र सरकारले मुम्बईमा सिक्किम हाउस निर्माणको लागि सिक्किम राज्य सरकारको अनुरोध प्रस्तावलाई अनुमोदन गरेको थाहा लागेको छ।
प्रस्तावित परियोजना टाटा मेमोरियल अस्पताल नजिक नवी मुम्बईमा निर्माण गरिनेछ। उक्त परियोजनाको लागि ४००० वर्ग मिटर मापन जग्गा छुट्याइएको छ, जसका लागि ११ करोड ९७ लाख भुक्तान गरिएको जान्नमा आएको छ।
प्रस्तावित परियोजनाले सिक्किम राज्यको जनतालाई उपचारको लागि मुम्बई जानु पर्दा सहयोग पुर्याउने जानकारी सिक्किम सरकारले दिएको छ।
Post a Comment